स्व. नेता प्रदिप गिरीप्रति दिल्लीमा पनि श्रद्धाञ्जली

नई दिल्ली । नेपाली काँग्रेसका वरिष्ठ नेता प्रदिप गिरीप्रति दिल्लीको कन्स्टिच्युसन कल्ब अफ इन्डियमा २ सितम्बर २०२२ शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली दिइयो । श्रद्धाञ्जली सभामा पुर्व राजनायीक व्यक्तीत्व, समाजवादी-साम्यवादी नेता एवं साजाजिक कार्यकर्ताहरूहो सहभागीता रहेको थियो ।

मूल प्रवाह अध्यक्ष ठाकुर खनालले प्रदिप गिरीको पार्टी नेपाली काँग्रेस लामो समय सत्तामा रहेता पनि वहाँ कुनै विवादमा नतानिएरको बताउनु भयो । ‘वहाँ निर्मल छविको नेता हुनुहुन्थ्यो र आजिवन लाकतान्त्रिक मुल्यमान्यताको लागि कटिबद्ध रहनु भयो ।’ खनालले भन्नुभयो- ‘नेपालमा २००७ सालमा प्रजातन्त्र आयो, २०१७ सालमा राजाद्धारा निरंकुसता लादियो, २०४५-४६ सालमा जनआन्दोलनबलमा बहुदलिय व्यवस्थाको स्थापना भयो । २०५९ सालमा राजाद्वारा निरंकुशता लाद्ने काम भयो ।’ अहिले पनि नेपालमा गणतन्त्र पुनखतरामा परेको खनालको भनाई थियो ।

कार्यक्रममा वक्ताहरूले प्रदिप गिरी भारतिय समाजवादी नेता जयप्रकाश नारायणबाट प्रभावित रहेको र आजिवन समाजवादी विचारको पक्षमा चलेको एवं साम्यवादी (कम्युनिष्ट) हरू र समाजवादीहरूको सहकार्यलाई जोड दिएको र दिल्लीको १२ बुँदे सम्झौताको लागि महत्वपूणर् सहयोग पुर्याएको बताए ।

माओवादी नेता मातृका यादवले नेपाली काँग्रेसको सरकारले जनयुद्धको बेला हामीहरूको टाउको मुल्य तोकेर लाखौंको इनाम घोषणा गरेको बेला पनि स्व. प्रदिप गिरीले आफ्नै सरकारको विरूद्ध गई हामीहरूलाई सुरक्षित सेल्टर दिएर लोकतान्त्रीक चरित्र प्रस्तुत गरेको बताउनु भयो । साथै अहिले नेपालमा राजनैतिक दलको भन्दा पनि व्यक्ती समुहको राजनिती छ, प्रत्येक दल भित्र गुटको पकड छ, पार्टी भित्र लोकतान्त्रीक करण हुन नसकेको गुनासो गर्नु भयो ।

कार्यक्रममा नेपाली राजदूत डा. शंकर शर्मा, नेपालमा भारतीय राजदूतको भुमिकाबाट अवकास प्राप्त पूर्व राजदूत के.वी राजन, रन्जीत रे, राकेश सुद, भारतीय समाजवादी नेता राकेश जैन, जनता दल युनाईटेडका नेता के.सी त्यागी, बसुदेव कुटम्बकमका विजय प्रताप, सि.पि. एम. नेता सिताराम यचुरी, वरिष्ठ पत्रकार सन्तोष भारती, राहुल बरूवा, तिब्तीयन समुदायबाट लामा इसु, काँग्रेस (आई) का पूर्व सेक्रेटरी मोहन प्रकाश, गान्धीवादी नेता जनार्दन द्ववेदी, आनन्द कुमार, जेपी फेडरेशनका एस.एस.पि. सिंह, ने.क.पा. (माओवादी)का नेता मातृका यादव, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, नेपाली जनसम्पर्क समितिबाट प्रमोद खरेल, प्रवासी नेपाली संघ भारतबाट सुर्य बस्यालले श्रद्धाञ्जली मन्तव्य दिनु भएको थियो ।

डा. कणर् सिंह, मनोहर जोसी, साहित्कार हरिबन्स भारतिय कम्युनिष्ट पार्टीका अतुल अंजानले अस्वास्थ भएको हुदा सहँभागी हुन नसकेता पनि शोक सन्देश पठाउनु भएको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार जयशंकर गुप्ता लगायतले गिरीको सम्झनामा आफ्ना कुराहरु रखेका थिए ।

कार्यक्रमको आयोजना बनारस हिन्दु विश्वविद्यालय (बनारस) एवं जवाहरलाल नेहरू विश्वविद्यालय (दिल्ली)मा प्रदिप गिरीसँगसंगै अध्ययन गरेका सहपाठीहरूले गरेका थिए र समन्वय गर्ने काम जवाहलाल नेहरू विश्वविद्यालय दिल्लीमा विद्यावारिधिमा अध्ययनरत अम्बिका जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार