चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समिति महिला विभागको संयुक्त आयोजनामा प्रगतिशील तीजि कार्यक्रमहरु सम्पन्न भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव कुलबहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै तीजको बिशेषता बारे स्पष्ट पार्दै तीज गीत एउटा गीतमा मात्र सीमित नरहेर राष्ट्र र राष्ट्रियतासँग जोडिएको हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो- ‘मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सधैं भरी महिलाहरुको अधिकारको निमित्त अग्रपंतिमा संघर्ष गर्दै आएको र आगामी दिनमा पनि महिलाहरुको साथमा रहने छ ।’ नेता थापाले आज एकता समाजको नाममा अवसरवादी र महत्वकांक्षी व्यक्तिहरुले विभिन्न भ्रमको खेती गर्दै हिंडेकोले उनीहरुको भ्रममा नपरी मूल प्रवाहको झण्डा मुनि गोलवन्द हुन सम्पूणर् महिलाहरुलालाई आग्रह गर्नुभयो ।
एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सचिवालय सदस्य दिल्लीराज शर्माले महिलाहरु आफनो अधिकारको निम्ति आफैं उठ्नु पर्ने र तीजलाई महिलाहरुको हंक र अधिकार संघर्षको रुपमा उपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले एकता समाजलाई धमिलाउन केही अवसरवादीहरुले खेल खेल्न खोजेकोले भ्रममा पर्नु भएका दिदी बहिनी र दाजुभाइलाई मूल धारमा फर्कन आग्रह गर्नुभएको थियो ।
केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य केशमान नेपाली, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, काशीराम शर्मा, खगराज शर्मा, तेजेन्द्र पुन, बुद्धिराम पौडेल, लक्ष्मण चालिसे, नेत्र प्रसाद शर्मा, गोपाल विक, पाण्डेचरी नगर समितिका सदस्य रवि पौडेल, आइएमी प्रभुमनि ट्रान्सफरका पर्वतराज खड्का र प्रवासी संघ भारतबाट चुराबाहादुर खत्रीले शुभकामना दिनुभएको थियो ।
दक्षिण नगर समितिका महिला संयोजक नविना बस्नेत पौडेलले शब्दबाट र रक्तिम सांस्कृतिकका कलाकारहरुले गीतबाट स्वागत गर्नु भएको थियो । कार्यक्रम पश्चिम नगर समिति महिला विभाग संयोजक चन्द्रिका पौडेलको अध्यक्षतामा र एकता समाज चेन्नई उत्तर नगर समितिका सचिव कोटीप्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
पुदुचेरी ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुदुचेरी महिला नगर विभागको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम सम्पन्न भएको छ ।
जमुना शर्माको अध्यक्षतामा अघि बढेको कार्यक्रमको उद्घाटन मूल प्रवाहका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनक राज पौडेलले दिप प्रज्वलन गरी गर्नुभएको थियो ।
आफ्नो उद्घाटन भाषणका क्रममा पौडेलले महिला मुक्तिका लागि मात्र नभई वर्गीय मुक्ति आन्दोलनमा सामेल भएमा मात्र देशको विकास सम्भव हुने बताउनुभयो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य भगवती कुँवर, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, केन्द्रीय परिषद सदस्य तथा दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सचिवालय सदस्य तथा पुदुचेरी नगर अध्यक्ष डिल्ली प्रशाद शर्मा, क्षेत्रीय सदस्य गोविन्द शर्मा, खगेश्वर सुनारले अतिथिको आशन ग्रहण गर्नु भएको थियो ।
सोही कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुदुचेरी नगर समितिद्वारा सञ्चालित उत्तर टाउन एरिया समितिको २७ औँ एरिया सम्मेलनको घोषणा केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्माले गर्नु भएको थियो ।
नव निर्वाचित समितिलाई लोकेन्द्र पौडेल र खगेश्वर सुनारले सफल कार्यकालको शुभकामना दिनुभएको थियो । कार्यक्रमको सञ्चालन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य तथा महिला विभाग ईन्चार्ज विष्णु शर्माले गर्नुभएको थियो ।
कोयम्बतुर।
मूल प्रवाहअखिल भारत नेपाली एकता कोयम्बतुर नगर समिति अन्तर्गत महिला बिभाग कोयम्बतुरको आयोजनामा राखिएको प्रगतिशील तीजि कार्यक्रम भब्य र सान्दार रूपमा सम्पन्न भएको छ ।
जमुना पौडेलको अध्यक्षता र प्रकाश शर्माको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय परिषद सदस्य रबिशंकर शर्मा, द.भा. क्षेत्रीय समितिका रेशम थापा, बिरे थापा, भिमलाल शर्मा, गोपाल शर्मा, चन्द्र प्रसाद पौडेल, टेक बहादुर बि.क.को अतिथी आशन ग्रहन पछि ज्ञात-अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात केन्द्रीय कोषाध्यक्ष मदन शर्माले मम्बत्ती बालेर तीजि कार्यक्रमलाई बिधिगत रूपमा उद्घाटन तथा उद्घाटन भाषण गर्नुभएको थियो।
उपस्थिति जनसमुदाएहरुलाई रक्तिम साँस्कृतिक परिवारका कलाकारहरुले गित-संगितबाट र महिला नगर बिभाग कि अध्यक्ष श्रीमती दिब्यश्री (लक्ष्मी देबि शर्मा) ले उपस्थित जनसमुदायहरुलाई शब्दबाट स्वागत गर्नुभएको थियो ।
उक्त तीजि कार्यक्रमको मञ्चबाट कोयम्बतुर नगर समितिका संस्थापक सदस्य तथा केन्द्रीय परिषद सदस्य श्री रबिशंकर शर्मा र उहाँकी श्रीमती पबित्रा देबि शर्मालाई स्वदेश बिधाइ गरिएको थियो । रबिशंकर शर्मा १९८८ देखि २०२२ सम्म निरन्तर संगठनको विभिन्न तहमा काम गर्दै आउनुभएको थियो । कोयम्बतुर नगर समितिमा उहाँको महत्वपूणर् योग्दान रहेको प्रष्ट छ । रबिशंकर शर्मा र पबित्रादेबि शर्मालाई अबिर, माला लगाइ दोसल्ला ओढाएर नगर समितिको तर्फदेखि सम्मान गरिएको थियो । नगर अन्तर्गत विभिन्न एरिया समितिको तर्फदेखि र ब्यक्तिगत तर्फ देखिपनि उहालाई दोशल्ला ओढाएर स्वागत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, क्षेत्रीय समितिका रेशम थापा, बिरे थापा, खिमानन्द शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रम को बीच-बिचमा तीजि गित र रक्तिम गितहरु प्रस्तुत गरिएको थियो ।
कोट्टयाम ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला बिभाग कोट्टयामले २०७९ सालको प्रगतिसिल हरितालिका तीजि कार्यक्रम भब्यरुपमा सम्पन्न गरेकोछ ।
समाजका केन्द्रीय सदस्य चोबनाथ शर्माले क्यान्डल प्रज्जोलन गरि कार्यक्रमको उत्घाटन गर्नु भयको थियो । उद्घाटन मन्तब्यमा नेपाली परम्परा सँस्कृति र महिला हरुको बारेमा प्रस्टाउनु भएको थियो ।
मूल प्रवाह कोट्टयाम नगर समितिले जैमिनि नगरपालिका पाँच विनामारे स्थायी बासिन्दा श्री गोकुल पाण्डे र परिवारको सुपुत्री मोनिका पाण्डे केरलाको चेङ्गान्नु स्थित kerla state syllabus को SSLC परिक्षामा A+ लिएर उत्तिणर् भएको हुँदा प्रोहत्साहनको पत्र दिएर सम्मान गरेको छ ।
बालीका देबि शर्माको सञ्चालन र खुमादेबि शर्माको अध्यक्षता पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य चोबनाथ शर्मा, दक्षिण भारत क्षेत्री सहसचिव तथा नगर अध्यक्ष एवम नेपाली समाचार प्रिन्टिङ मिया र नेपाली एकता अन्लाईन मिडियाका सम्बादात धर्मराज शर्मा क्षेत्री समितिका भद्र बहादुर थापा, धन कुमारी केसी, मनोज जिसी, अखिल भारत नेपाली विद्यार्थी संघ दक्षिण भारत क्षेत्रीय अध्यक्ष तथा नगर सचिव ऊषा शर्मा, राष्ट्रिय जनमोर्मा चितवनका सदस्य एलपि शर्माको अतित्थ्यत्ता पछि रक्तिम ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनट मौनधार पश्चात रक्तिम परिवारले उपस्थित जनसमुदायलाई गितबाट स्वागत गरेको थियो, त्यस्तै देबि रिजाल अधिकारीले स्वागत मन्तब्य दिनुभएको थियो।
प्रेम बहादुर सिंह, रमा शर्माले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्याक्रममा रक्तिम परिवारले प्रगतिशिल तीजि झोरा र जनवादी गित नृत्यहरु दिएर कार्यक्रम भब्य बनाइएको थियो।
कोचिन ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समिति महिला बिभागको आयोजनामा २ण्७९ को प्रगतिशील तिज कार्यक्रम भब्य र सानदार रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा नगर महिला बिभाग कि अध्यक्ष सरस्वति शर्माको अध्यक्ष्यता र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सल्लाहकार सदस्य जनक बिसीले सञ्चालन र अथिति आशण ग्रहणपछि ज्ञात अज्ञात बिर शहिदहरुप्रति १ मिनेट मौनधारण पछि स्वागत गित प्रस्तुत गरिएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय परिषद सदस्य जानका बिसीले स्वागत मन्तव्य दिनुभएको थियो ।
प्रमुख अथितिको आषणबाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य जुगराज राँहु मगर, केन्द्रीय परिषद सदस्य बाबुराम केसी, नगर कोषाध्यक्ष गणेश शर्मा पौडेल, जनजाति बिभागबाट जगत सारु मगर, जातीय समता समाज बिभागबाट भबिलाल विक र गोबिन्द रिजालले मन्तव्य दिनुभएको थियो ।
बेंगलोर दक्षिण ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेंगलोर दक्षिण महिला नगर समितिको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम सम्पन्न भएको छ।
विभागकी संयोजक राजु विकको अध्यक्षता र चाँदनी विकको सञ्चालनमा अघि बढेको कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समिति सचिव जनक राज पौडेलको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य नरेश विक, प्रतिनिधि चन्द्रकान्त शर्मा, क्षेत्रीय उपाध्यक्ष दशरथ विक, सदस्य प्रमानन्द खडायत, पार्वती विक, मान बहादुर विक, राजमो डडेल्धुरा जिल्ला कोषाध्यक्ष रघुवीर विक, वरिष्ठ महिला सदस्य कलावति विकको आथित्यता रहेको थियो ।
शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पश्चात कलाकारहरुले गीतबाट र माया विकले शब्दद्वारा स्वागत गर्नु भएको थियो ।
चिदम्बरम ।
हरितालिका तिजको अवसरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर महिला विभागको आयोजनामा २०७९ सालको प्रगतिशिल तीजि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
पवित्रा शर्माको अध्यक्षतामा, दुर्गा देवि हमालको उद्घोषण र अतिथि आसनग्रहण पश्चत सहिदहरुप्रति एक मिनेट मौनधारण गरि अगाडी बढेको सो तीजि कार्यक्रममा उपस्थित सम्पूणर् जनसमुदायहरूलाई शब्दद्वारा लक्ष्मी शर्माले स्वागत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अथिति क्षेत्रीय समितिका सदस्य नारायण शर्माले मैनबत्ती बालेर तीजि कार्यक्रमको उदघाटन गर्नु भएको थियो । उद्घाटन मन्तव्य राख्दै- तीजि कार्यक्रम विगतमा नेपाली महिलाहरुको आफ्नो दुःख, पीडा र वेदना पोख्ने पर्व भए पनि मूल प्रवाहमा आबद्ध भए पश्चत भारत प्रवासका नेपाली महिला दिदी बहिनीहरूले आफ्नो हक, अधिकार र न्यायको लागि संघर्ष गर्ने अठोट साथ प्रगतिशिल तीजि पर्व मनाउँदै आएको सन्दर्भ उल्लेख गर्दै शर्माले- वर्तमान देशको राजनैतिक विसंगती र सत्तासिन राजनीतिक दलहरुको राष्ट्रघाती कदम विरुद्ध पनि शसक्त रुपमा आवाज उठाउन प्रगतिशिल तीजि कार्यक्रमले महत्वपूणर् भूमिका खेलेको विचार व्यक्त गर्नु भयो ।
कार्यक्रम सफलताको शुभकामना मन्तव्य हिम बहादुर हमाले राख्नु भएको थियो भने नगर सदस्य रुद्र प्रसाद शर्माले तीजि कार्यक्रम सफल पारि दिनुभएकोमा उपस्थित सम्पूणर् दिदी बहिनीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
बेंगलोर उत्तर ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेंगलोर उत्तर नगर महिला विभागको आयोजनामा महिला प्रगतिशील तीजि कार्यक्रम सम्पन्न भएको छ ।
निर्मला दहालको अध्यक्षता र ज्योति कुमारी पहरीको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेल रहनु भएको थियो ।
अथितिहरुमा केन्द्रीय सदस्य नरेश विक, प्रतिनिधि चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य ओम बहादुर दाहाल, राजमो डडेल्धुरा जिल्ला कोषाध्यक्ष रघुवीर विकको आथित्यता रहेको थियो ।
शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पश्चात् उपस्थित जनसमुदायलाई कलाकारहरुले गितद्वारा स्वागत गरेका थिए भने महिला विभाग सदस्य दुरा पहरीले शब्दद्वारा स्वागत गर्नु भएको थियो । प्रगतिशील तीजि कार्यक्रमको उद्घाटन जनक राज पौडेलले दिप प्रज्जवल र तालीको गड्गडहाटबीच गर्नु भएको थियो ।
कार्यक्रमका अथितिहरुले कार्यक्रम सफलताको शुभकामना प्रकट गर्नुभएको थियो । महिला दिदीबहिनीहरुले प्रगतिशील गीत संगित र नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सयौंको संख्यामा जनसमुदायको उपस्थिति रहेको थियो।
निलगिरी ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिद्धारा सञ्चालित महिला बिभागको आयोजनामा हरितालिका तीज कार्यक्रम सम्पन्न भएको छ । मिना हमालको सञलन र रुपा थापाको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा एक मिनेट मौनधारण पछि कार्यक्रममा सहभागिहरुलाई रक्तिमका कलाकारहरुले र लक्ष्मी विकले स्वागत गर्नुभएको थियो ।
केन्द्रीय समितिका कोषाध्यक्ष मदन शर्मा, दक्षिण भारत क्षेत्रीय समितिबाट भिमलाल शर्मा, दक्षिण भारत क्षेत्रीय समितिबाट बिरे थापा, कोइम्बातुर नगर समितिबाट रविशंकर शर्मा, क्षत्रीय प्रतिनिधि जगत हमाल, दक्षिण भारत क्षेत्रीय समितिबाट टेकबहादुर विकले आतित्थ्यता गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मदन शर्माले गर्नुभएको थियो ।