दक्षिण भारत महिला क्षेत्रीय भेला सम्पन्न

-जनकराज पौडेल

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत महिला क्षेत्रीय विभागको प्रथम भेला सम्पन्न भएको छ । भेला संयोजक विष्णु कुमारी शर्माको अध्यक्षता र मिना हमालको सञ्चालनमा सम्पन्न भको हो ।

भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव केवि थापाको प्रमूख आतित्थ्यता र केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, सदस्य जनकराज पौडेल, भगवति कुवँर, चोवनाथ शर्मा, नरेश विक, चन्द्रबहादुर थापा, बालाकृष्ण गायक, ठाकुर प्रसाद केसी, प्रतिनिधि चन्द्रकान्त शर्माको आथित्यता रहेको थियो ।

ज्ञात अज्ञात शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पश्चायत, कार्यक्रममा सहभागीहरुलाई वालिका शर्माले शब्दद्धारा स्वागत गर्नुभएको थियो । भेलाको उद्घाटन महासचिव केवि थापाले गर्नु भएको थियो । उद्घाटन गर्दै केवि थापाले महिलाहरुका हकहित र उत्थानको लागि संगठित हुनुपर्नेमा जोड दिनु भएको थियो । सबै अथितिहरुले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

भेलाले विषुकुमारी शर्माको संयोजकत्वमा पैतालिस सदस्यीय दक्षिण भारत क्षेत्रीय महिला विभाग गठन गरेको छ । जसमा सदस्यहरु क्रमशः मिना हमाल (निलगिरी), पार्वती विक (बेंगलोर दक्षिण), चन्द्रिका पौडेल (चेन्नई पश्चिम), धन कुमारी (कोट्टायाम), नविना बस्नेत पौडेल (चेन्नई दक्षिण), मिना सापकोटा (चेन्नई दक्षिण), सीता आचार्य (दक्षिण), रिता भुषाल (चेन्नई पुर्व), जमुना शर्मा (पाण्डीचेरी), सविता विक (पाण्डिचेरी), सरस्वति गायक (पाण्डिचेरी) भगवति कूवँर (पाण्डिचेरी), कमला शर्मा (चेन्नई पश्चिम), दुर्गा देवि हमाल (चितम्बरम), पवित्रा पौडेल (चितम्बरम), दुरा पहरी (बेंगलोर उत्तर), निर्मला दाहल (बेंगलोर उत्तर), सावित्र थापा (बेंगलोर उत्तर), चाँदनी विक (बेंगलोर दक्षिण), सुनिता विक (बेंगलोर दक्षिण), कलावति विक (बेंगलोर दक्षिण), वालिका शर्मा (कोट्टायाम्), संझना श्रीस् (कोट्टायाम्), खिर मया थापा (कोट्टायाम्), रुपा थापा (निलगिरी), लक्ष्मि विक (निलगिरी), लक्ष्मिदेवि शर्मा (कोवै), जमूना पौडेल (कोवै), अनिता परियार (चेन्नई पुर्व), भुमा देवि केसी (नेल्लोर), फुर्सी सुनार (नेल्लोर), खिमा पुन (नेल्लोर), सुभद्रा केसी (नेल्लोर), सरस्वति सुनार (नेल्लोर), कमला सुनार (नेल्लोर), देवि सुनार (नेल्लोर), लिला थापा (चेन्नई पश्चिम), अञ्जु रोकाया (चेन्नई पश्चिम), कोपिला थापा (चेन्नई पश्चिम), लोक कुमारी थापा (चेन्नई पश्चिम), राजु विक (बेंगलोर दक्षिण), जानकी विसी (कोचिन) जमुना शर्मा (भेलूर) र संझना नेपाली (चेन्नई पुर्व) रहनु भएको छ ।

नवनिर्वाचित विभागिय समितिलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य चन्द्र बहादुर थापा, केशमान नेपाली, ठाकुर प्रसाद केसी र मूल प्रवाह दक्षिण भारत क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्माले बधाई दिनुभएको थियो । भेला भर्चुअल माध्यमद्धारा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार