#धर्म पहरी
बैंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत क्षेत्रीय समता विभागको भेला ४ सितम्बर २०२२ का दिन गोकुल गायकको सञ्चालन तथा दशरथ बिकेको अध्यक्षतामा सम्पन्न भएको छ ।
भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव कुल बहादुर थापाको प्रमुख आतित्थ्यता एवं केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य चोबनाथ शर्मा, केशमान नेपाली, बालकृष्ण गायक, चन्द्र बहादुर थापा, ठाकुर प्रसाद केसी, भगवती कुँवर, नरेश कुमार विक, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्माको अतिथि आसनग्रहण भएको थियो । अतिथिहरुको आसनग्रहण पछि ज्ञात अज्ञात सहिदहरुको सम्मानमा एक मिनट मौनधारण लगत्तै उपस्थित जनमानसलाई शब्दबाट धर्म पहरीले स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथि कुल बहादुर थापाले उद्घाटन तथा उद्घाटन भाषणमा समता समाजको बारेमा संक्षिप्त इतिहाँस र दलित आन्दोलन बारे सारगर्भित मन्तव्य दिनुभएको थियो । दलित मुक्तिको लागि वर्गीय मुक्ति बिना सम्भव नहुने भएकाले सम्पूणर् दलित साथीहरु एकताबद्व भएर वर्गीय मुक्तिको लागि तयार हुनुपर्नेमा थापाको जोड थियो ।
भेलाले दशरथ बिकको संयोजकत्वमा ४१ सदस्यीय क्षेत्रीय समता विभाग गठन गरेको छ । जसमा सदस्यहरु क्रमशः खगेश्वर सुनार, गम बहादुर बिक, विनोद कुमार गायक, सुर्य गायक, नन्दलाल शेर्पाली, प्रेम नेपाली (पाण्डेचरी), बालकृष्ण गायक, गोकुल गाय (सितंबर), टेक बहादुर बिक, बल बहादुर बिक, लोकेन्द्र बिक (निलगिरी), रमेश विक, दान बहादुर पहरी, बलराम विक, भरत ओड (बैंगलोर दक्षिण), धर्म पहरी, वीरेन्द्र विक (बैंगलोर उत्तर), शेर बहादुर विक (कोट्याम), प्रेम नेपाली, मनोज नेपाली (कोवै), दयाराम विक, ओम बहादुर विक (चन्नई पूर्व), बिष्णु विक, तिलक विक, गोपाल विक (चन्नई उत्तर) पदम नेपाली, रमेश नेपाली, प्रकाश नेपाली (चन्नई पश्चिम), पदम विक, कृष्ण सुनार (चन्नई दक्षिण) बुद्वि बहादुर विक ( भेल्लुर), लालुमण सुनार, राम बहादुर सुनार, केशव विक, पूणर् बहादुर सुनार, नर बहादुर सुनार (नेल्लोर), भेष बहादुर नेपाली, ईश्वर विक (त्रिभेन्द्रम) र शेर बहादुर विक र भाविलाल विक (कोचिन) लाई चयन गरेको छ ।
विभागलाई केन्द्रीय सदस्य केशमान नेपाली, चन्द्रकान्त शर्मा, जनकराज पौडेलले बधाई दिनु भएको थियो । कार्यक्रममा सहभागी सम्पूणर्लाई चन्द्र बहादुर विकले धन्यबाद मन्तव्य दिनुभएको थियो ।