#धर्म पहरी
दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत जनजाति विभागको भेला सम्पन्न भएको हो । ११ सितम्बर २०२२ का दिन तेजेन्द्र पुनको सञ्चालन तथा विरेन्द्र थापाको अध्यक्षतामा भेला अगाडि बढेको थियो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव कुल बहादुर थापा, अतिथिहरु क्रमशः मूल प्रवाह केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य चोवनाथ शर्मा, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य भगवती कुँवर, नरेश कुमार विके, केसमान नेपाली, बालकृष्ण गायक, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्य काँशीराम शर्मा, डिल्ली प्रसाद शर्माको अतिथि आसन ग्रहण पछि ज्ञातअज्ञात सहिदहरुको सम्मानमा एक मिनट मौनधारण लगत्तै कार्यक्रममा सहभागी सम्पूणर्लाई जुगराज राहुँ मगरले शब्दद्वारा स्वागत गर्नु भएको थियो ।
उद्घाटन मन्तव्य प्रमुख अतिथि कुल बहादुर थापाले दिनुभएको थियो । थापाले उद्घाटन मन्तव्यमा जनजातिहरुको भाषा संस्कृतिको संरक्षण तथा जनजातिका समस्याको समाधानको लागि एकता भएर जानु पर्ने आवश्यकता भएकनो बताउनु भयो । ॅवर्गीय मुक्ति विना जातीय मुक्ती सम्भव छैन’ थापाले भन्नु भयो- ‘कतिपय व्यक्ति तथा शक्तिहरुले जातिय मुक्तिका चर्का कुरा गरेर आफूलाई उच्च बनाउने कोशिस गरेता पनि सबै जातिहरुको मुक्ति वर्गीय मुक्तिसँग जोडिएको छ ।’
भेलामा मूल प्रवाहका केन्द्रीय सदस्य भगवती कुँवर, चोभनथा शर्मा, चन्द्र बहादुर थापा, जनकराज पौडेल, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा, क्षेत्रीय सदस्य काँशीराम शर्मा र क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेलले आ शुभकामाना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
भेलाले वीरेन्द्र थापाको संयोजकत्वमा ३९ सदस्य जनजाति क्षेत्रीय विभाग चयन गरेको छ । जसमा सदस्यहरु क्रमशः तेजेन्द्र पुन, रमेश थापा, जुगराज राहु मगर, भद्रबहादुर श्रीस, टिका थापा, रमेश थापा, दिलीप बहादुर, जगत सारु मगर, आशाराम घर्ती मगर, दिल बहादुर राना, जंग बाहदुर थापा, कुमारी थापा, टिकाराम वैजाली, टुकनथा वैजाली, नर बहादुर थापा, काँशीराम थापा, हर्क बहादुर थापा, मान बहादुर थापा, शेर बहादुर थापा, भीम बहादुर थापा, नगेन्द्र बहादुर थापा, भीम बहादुर थापा, शेर बहादुर थापा, बिनोद चौधरी, सुरेश चौधरी, चन्द्र बहादुर थापा, तेज बहादुर बैजली, मनी राम पुन, नम बहादुर थापा, महेश पुन, लालबहादुर थापा, शुशिल थापा, प्रेम थापा, नारायण थापा, लाल बहादुर गुरुङ, सुरेश थापा, नमराज आले र नरेन्द्र थापा रहनुभएको छ ।
नयाँ विभागलाई मूल प्रवाह केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य बालकृष्ण गायक, नरेश कुमार विके, केशमान नेपाली, क्षेत्रीय समतिबाट धर्मराज शर्मा, डिल्ली प्रसाद शर्मा, लक्ष्मण र बुद्धिरामले बधाई दिनुभएको थियो ।