कोट्याममा देउसी भैलो भव्य रुपमा सम्पन्न पारियो

कोट्टयाम । कोट्टयाम केरला मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले २०७९ सालको जनवादी प्रगतिसिल भैलो कार्यक्रम सम्पन्न भएको छ ।

मनोज जिसीको सञ्चालन र प्रेम प्रसाद शर्माको अध्यक्षता पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य चोबनाथ शर्मा, दक्षिण भारत क्षेत्रीय सहसचिब तथा नगर अध्यक्ष धर्माराज शर्मा, क्षेत्रीय सदस्य भद्र बहादुर थापा, क्षेत्रीय महिला बिभागका बालीका देबि शर्मा, नगर समितिका हरि प्रसाद पौडेल अखिल भारत नेपाली बिद्यार्थि संघ दक्षिण भारत क्षेत्रीय अध्यक्ष तथा नगर सचिव उषा शर्माको अतिथि आसन ग्रहण पछि ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनट मौन धारण पश्चात उपस्थित जनसमुदायहरुलाई रक्तिमका कलाकारहरुले गितबाट र खुमा देबि शर्माले शब्दबाट स्वागत गर्नु भएको थियो ।

प्रमुख अतिथि चोबनाथ शर्माले क्यान्डिल प्रजोलन गरि कार्यक्रमको उद्घाटन पछि उद्घाटन मन्तब्यमा भैलो तिहारको बारेमा प्रस्टाउनु भएको थियो । मन्तब्यको बिच बिचमा रक्तिम कलाकारहरुले जनवादी प्रगतिशिल गित र नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई रोचक पारेको थियो ।

कृष्ण प्रसाद शर्माले कार्यक्रम भब्य सफलताको शुःभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार