प्युठानमा गठबन्धनको भेटघाट तिब्र, गठबन्धनले ह्वात्तै बढायो माहोल

प्युठान । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्युठानमा वाम लोकतान्त्रिक गठबन्धनले जनभेटघाट तथा सभा लगायतका कार्यक्रमलाई तीब्र पारेको छ ।

दैनिक रुपमा गठबन्धनका उम्मेदवारसहितका नेताहरु विभिन्न पालिकाका मतदातासङ्ग पुगेर सभा, भेटघाट तथा छलफलमा व्यस्त छन ।

बुधबार मात्र गठबन्धनका उम्मेदवारसहितको टोलीले गौमुखी गाउँपालिकाका विभिन्न स्थानमा कार्यक्रम गरेको जनाइएको छ । गौमुखीको वडा नम्बर ४ नारीकोट र वडा नम्बर ५ खुङ्गमा सभासहितका कार्यक्रम गरी मतदातासङ्ग भेटघाट गरी गठबन्धनले मत मागेको छ ।

उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार दुर्गा पौडेल, प्युठान प्रदेश २ बाट लुम्बिनी प्रदेश सभा सदस्यका उम्मेदवार सरोज थापा (रोज राणा), अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष कृष्णराज पाण्डे लगायतका नेताले सम्बोधन गर्दै वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई अत्याधिक मत दिई विजयी बनाउन मतदातासङ्ग अपिल गरेका थिए ।

प्युठानका विभिन्न पालिकामा गठबन्धनको संयुक्त रुपमा सभा तथा भेटघाट कार्यक्रम तिब्र रुपमा निरन्तर चलिरहेको निर्वाचन परिचालन समितिले जनाएको छ ।

प्युठानमा एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल, लुम्बिनी प्रदेश सभा सदस्यका लागि प्रदेश १ बाट माओवादीका कृष्ण अधिकारी ‘प्रकाश’ र प्रदेश २ बाट काँग्रेसका सरोज थापा (रोज राणा) को उम्मेदवारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार