मूल प्रवाह नगर सदस्य खेम पुनकि श्रीमतीलाई सहयोग हस्तान्तरण

खिमराज चालिसे,

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पटियाला नगर समितिको आयोजनामा नगर सदस्य खेम बहादुर पुनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

४० वर्षीय खेम बहादुर पुनको १० डिसम्वर का दिन पटियाला स्थित राजेन्द्र अस्पतालमा निधन भएको थियो।
उहाँको मृत्यु भएको सातौं दिनमा श्रद्धाञ्जली सभाको आयोजना गरी मूल प्रवाहले शोक व्यक्त गरेको हो ।

कार्यक्रममा दिवगंत पुनको फोटोमा फूल तथा माल्यार्पण सहित मौनधारण गरिएको थियो । तत्पश्चात उहाँको योगदानबारे चर्चा गर्दै बोल्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सचिव तथा सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, नगर अध्यक्ष विष्णु प्रसाद भुसाल, भटिन्डा नगर सदस्य गिरी बहादुर मगर, कृष्ण भुसाल, चिन्तामणि घिमिरे, थमन थापा, भिम कार्की, हरिकला कार्की लगाएत हुनुहुन्थो ।

खेम बहादुर पुन रुपन्देही जिल्लाको देवदह नगरपालिका वार्ड नम्वर ८ सितलनगर निवासी राज बहादुर पुनका छोरा हुनुहुन्थो । दिवंगत ४० वर्षीय पुन पंजाब स्टेट पावर कॉर्पोरेशन लिमिटेडमा अस्थायी कर्मचारीको रुपमा कार्यरत हुनुहुन्थो । उहाँ केही समयदेखि जन्डिस, दुवै मिर्गौला खराब तथा निमोनिया लगाएतका रोगबाट ग्रस्त हुनुहुन्थ्यो र उपचारार्थ अस्पतालमा भर्ना हुनु भएको थियो ।

आर्थिक स्थिती कमजोर भएका पुनको मृत्यु पश्चात थमन थापा, भिम कार्की र हरिकला कार्कीको पहलमा नेरू ३४ हजार ८८० रुपैयाँ रकम सहयोग संकलन गरि श्रद्धाञ्जली सभामा मृतककी श्रीमतीलाई हस्तान्तरण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार