कोट्टयाम महिला नगर बिभागको भेला सम्पन्न

धर्मराज शर्मा

कोट्टयाम, १५ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तरगत पर्ने कोट्टयाम महिला नगर बिभागले तेस्रो भेला सु सुम्पन्न पारेको छ।

भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य चोबनाथ शर्माको प्रमुख अतित्थ्यता रहेको थियो । भेलाको उद्घाटन मन्तब्य राख्नै शर्माले प्रवासी नेपालीहरु संगठित नभएसम्म श्रमजिवी नेपालीहरुका न्यायपुणर् आबश्यक्ताहरु पुर्ति नहुने बताउनु भयो । शर्माले भारतस्थित सम्पूणर् श्रमजिवी नेपालीहरु मूल प्रवाहको झण्डामुनी गोलबन्द आव्हान समेत गर्नु भयो ।

भेलाले खिरमायाँ थापाको सँयोजकमा ३९ सदस्यीय महिला नगर बिभाग गठन गरेको छ । जस्मा ः धनकुमारी केसी, बालिका देबि शर्मा, देबिरिजाल अधिकारी, कुमारी थापा, लक्ष्मि पौडेल, खुमादेबि शर्मा, सम्झना श्रीस थापा, पुष्पा देबि शर्मा, दुर्गा शर्मा, मिना सापकोटा, सरिता नेपाली, सपना मगर, पर्मिला पाठक, रुपा पौडेल, सरस्वति ओझा, पुष्पा देबि शर्मा, राधिका गौतम, रमा शर्मा, जीवन पाण्डे, शर्मिला खनाल पौडेल, सुनिता चालिसे, जुना कार्कि, देबि कार्कि, मिना कार्कि, अम्बिकादेबि सुवेदी, धना दराई, बिष्णु देबि रेग्मी, निर्मला जैसी, सुनिता नेपाली, सशिकला जिसी, नर्वदा घिमिरे, लक्ष्मि रिमाल, कौशिला देबि परियार, नन्दा गुरुङ, जुना नेपाली, रिमा सापकोटा र तारा पुन रहनु भएको छ ।

देबि रिजाल अधिकारीको सञ्चालन र खिरमायाँ थापाको अध्यक्षताबाट अगाडि बडेको सो भेलामा मूल प्रवाह दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नग अध्यक्ष धर्मराज शर्मा क्षेत्रीय सदस्य धनकुमारी केसी क्षेत्रीय महिला बिभागकी सदस्य बालिका देबि शर्मा रक्तिम बिभागकी सम्झना श्रीस थापा नगर सदस्य लाल चन्द्र पौडेलले बिध्यार्थि बिभाग नगर सदस्य मनोज पौडेलको अतित्थ्यता गर्नुभएको थियो । ज्ञात अज्ञात सहिदहरुप्रति मौधारण पश्चात कार्यक्रममा सहभागीहरुलाई खुमादेबि शर्माले शब्दबाट स्वागत मन्तब्य राख्नु भएको थियो ।

लक्ष्मि पौडेल, कुमारी थापा, प्रमिला पाठक, सरिता नेपाली, सपना मगरले भेला सफलताको शुःभकामना दिनुभएको थियो ।

मूल प्रवाहका पुर्व केन्द्रीय उपाध्यक्ष तथा दक्षिण भारत क्षेत्रीय पुर्व अध्यक्ष मेघराज आचार्यको असायीक निधनप्रति सोही सभामा एक मिनट मौनधारण गरि मृतकप्रति भाबपुणर् श्रद्वाञ्जली प्रकट गरिको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार