नैतिकताको खडेरी

English English Nepali Nepali

#सुरेशकुमार पाण्डे

२०७९ पुस २६ गते प्रचण्ड सरकारले विश्वासको मत हासिल गरेको छ । यतिठुलो सदनमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर के.सी. र मजदुर किसान पार्टीका प्रेम सुवाल मात्र विपक्षमा रहेका छन् । संसदमा देखिएको यो गतिविधिले राजनीतिमा नैतिकताको खडेरी परेको छ भन्ने कांग्रेस-माओवादीको राजनीतिक मुखौटा उदांगीएको छ ।

कमसिकम लोकतान्त्रिक पद्धती अनुसार कम्तिमा सदनमा प्रतिपक्ष अलि बलियो र प्रभावशाली हुनुपर्दथ्यो । तर, अहिले सिआइए-अमेरिकी साम्राज्यवादको वा कुनैपनि साम्राज्यवादी शक्तिको इसारामा विपक्ष पार्टी पनि सरकारको पक्षमा पुगेको छ । छिमेकी मुलुकले लामो समयसम्म नेपालमा अराजकता पैदा गराएर थाके पछि अब अमेरिकी साम्राज्यवादले जाल थाप्न थालेको छ । वा भनौं नेपालमा अमेरिकी साम्राज्यवादी शक्तिले आन्तरिक रूपमा चलखेल र गम्भिर षड्यन्त्र गर्दै आएको छ । उसले देशभित्र देशकै दलालहरुलाई नयाँ नयाँ विकासे नारा भिराएर मोहरा बनाएको कुरा पनि प्रष्टछ । यसैको परिणाम स्वरुप अहिले पक्ष/विपक्ष सबै पोजिसनमा छन् । जस्लाई संयोग नभई साम्राज्यवादी षड्यन्त्रको रुपमा बुझ्नुपर्छ । एमसीसी, एसपिपि संगै नागरिकता विध्ययेक जस्ता राष्ट्रघाति मुद्धाहरूलाई सजिलै कार्यान्वयन गराउन बिदेशी शक्तिले फालेको जालमा अधिकांश राजनीतिक पार्टी र पार्टीका नेताहरु फस्न पुगेका छन् । कतै देशभित्र नयाँ प्रकारको सिआइएलाई जिम्मा दिएको त छैन ? यो अहिलेको आम प्रश्न बनेको छ ।

हिंजोको दिनहरूमा छिमेकीले जसरी नेटवर्क विछाउँदै आएको थियो, अहिले अमेरिकी जासूस्ले पनि त्यही प्रकारको भुमिका निर्वाह गर्दै आएको आभाष हुन्छ । अहिले शंकाको सुई राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक वा देशका उपप्रधान तथा गृहमन्त्री तर्फ बढी देखिन्छ ।

उनी अमेरिकन नागरिकता न त्यागेर नेपाली नागरिक प्राप्त गरी फिल्मि सैलीबाट राजनीतिमा प्रवेश गरेर चौथो राजनीतिक शक्तिको रूपमा जनताले उनलाई स्थापित गर्‍यो र उनी उपप्रधान तथा गृहमन्त्री जस्तो देशको उच्चस्तिरमा पुगेका छन् । उनको नागरिकता सम्वन्धी बिवाद कै दौरान उनलाई गृहमन्त्री जस्तो पदमा बसाल्नुले पनि शंकालाई बलियो बनाउन मद्त गरेको छ । केवल छ, महिना भित्रमा उनलाई यसरी सिखरमा पुराउँनुमा अमेरिकी साम्राज्यवादको हात त छैन ? यस्ता अनेक प्रश्नहरू आम नागरिकमा तेर्छिएका छन् । त्यो विषय भविष्यमा उनको गतिविधिले नै पुष्टि गर्दै जानेछ ।

देशलाई अचानो बनाएर गरिएको राजनीति षड्यन्त्र आखिर कसका लागि ? आखिर यो देशका जनताको बिचमा वेग्ला-वेग्लै पार्टीको रूपमा पुगेर राजनीतिक दलहरूले नाटक किन गरे ? जबकी संसदीय दलदलमा एक भएर बिदेशीहरूको दलाली गर्नु नै थियो भने एउटै झण्डा लिएर जनतामा किन गएनन् ? पानी धुमालेर माछा मार्नेहरूको बिधा नै यही हो ।

गणतन्त्र पछि पनि देशको व्यवस्थाले जनताको समस्यालाई सम्वोधन गर्न त सकेकै छैन, बरू समस्यालाई जटिल बनाउँदै आएको देखिन्छ । राजनीतिक पार्टीहरुको गतिविधिलाई देख्दा अहिले पनि हाम्रो देशको व्यवस्था जनतालाई खशीको टाउका देखाएर कुकुरको मासु बेच्ने अखडा बनेको छ । अहिले संसदमा राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टी मात्र विपक्षको रूपमा उभिएको छ ।

नेपाली काँग्रेस-माओवादी जस्ता ठूला दलले जनतासँग भोट माग्दा के-के बिषय लिएर पुगेका थिए तर अहिले उनीहरूको वास्तविक उदेश्य प्रष्ट भएको छ ।

११-०१-२०२३

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार