मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नईका चार नगर समितिहरूले संयुक्त रुपमा अँग्रेजी नयाँ वर्षको शुभकामनाा सहित सदस्यता वितरणको अभियान शुरु गरेका छन् ।
चेन्नई पुर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा सम्पन्न नयाँ बर्ष २०२६ सालको शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा सदस्यता अभियान शुरुभएको घोषणा गरेको हो ।
समाजका दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नई पुर्व नगर अध्यक्ष ओमाकान्त शर्माको अध्यक्षता र दक्षिण भारत क्षेत्रीय सदस्य तथा चेन्नई उत्तर नगर अध्यक्ष गोपाल वि.क.को सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै केन्द्रीय सदस्य काशिराम शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य हरि प्रसाद शर्माले पनि अतिथि आसनग्रहण गर्नु भएको थियो ।
कार्यक्रममा महिला विभागबाट संझना नेपाली, दक्षिण भारत क्षेत्रीय सदस्य तथा पुर्व नगर कोषाध्यक्ष सुर्य प्रसाद भुसाल, चेन्नई पुर्व नगर समितिबाट रिता भुषाल, रक्तिम विभागबाट डिल बहादुर जि.एम., चेन्नई दक्षिण नगर सचिव रोम बहादुर सापकोटा, पुर्व नगर उपाध्यक्ष विमल पोख्रेल, पश्चिम नगर उपाध्यक्ष प्रकाश नेपाली, पुर्व नगर समितिबाट सुनिल नेपाली, चेन्नई पश्चिम नगर समितिबाट राजेस घिमिरे तथा पश्चिम नगर समितिबाट सन्तोष थापाले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा सहभागिहरूलाई क्षेत्रीय सदस्य नेत्रलाल शर्माले शब्दद्वारा स्वागत गर्नुभएको थियो । रक्तिमका कलाकारहरूले सांगितिक कोसेलीद्वारा स्वागत गरेका थिए ।