मूल प्रवाहका केन्द्रीय सदस्य रमकला काउछा शोकमा

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सदस्य रमकला काउछा र महिला बिभाग कि केन्द्रीय सदस्य विना काउछा कि सासुआमा एवं पश्चिम भारत क्षेत्रीय कोषाध्यक्ष प्रविन काउछा र पश्चिम भारत क्षेत्रीय समिति सदस्य तथा रक्तिम बिभागका संयोजक हरि काउछाकी ममतामयी आमा जिबकला काउछा घर्ती मगरको ४ माघ २०७९ तदानुसार (१८ जनवरी २०२३) ७१ बर्षको उमेरमा असामयिक निधन भएको छ । जिबकला काउछा घर्ती मगर अर्घाखाँची मालारानी गाउँ पालिका वार्ड न ६ साकिन्धारा निवासी हुनुहुन्थ्यो ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले सिंगो संगठनको तर्फदेखि एक शोक वक्तव्य जारि गरि मृतकप्रति भावपूणर् श्रद्धाञ्जलि व्यक्तगर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार