अध्यक्ष पुन पुत्र शोकमा

परवाणु (हिमाचल । मूल प्रवाह अखिल भारत नेपालिएकता समाज नगर समिति परवाणुका अध्यक्ष एवं हिमाचल राज्य समितिका सदस्य कुमराज पुन पुत्र शोकमा पर्नुभएको छ । वहाँका छोरा तारा पुन मगरको २१ जनवरी २०२३ का दिन हिमाचलस्थित परवाणुमा २८ वर्षको अल्पायु मै दुःखद निधन भएको हो ।

तारा पुनको निधनले सिंगो मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति नै शोक मग्न भएको बताउँदै राज्य समितिका अध्यक्ष शोभाखर पन्तले शोक वक्तव्य जारि गर्नुभएको छ । पन्तले शोक वक्तव्य मार्फत मृतकप्रति भावपूर्ण श्रदाञ्जली प्रकट गर्नुको साथै शोकाकुल परिजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार