‘जीवन सङ्घर्षसँग लोकसाहित्य जोडिएको हुन्छ’

काठमाडौं । ‘लोकसाहित्यमा ठूलो भण्डार छ, त्यसको संयोजन गर्दै प्रगतिशील साहित्यले आफ्नो भूमिका निर्धारण गर्नुपर्ने’ प्रलेसका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार प्रा.डा.जिवेन्द्र देव गिरीले बताउनुभएको छ । लोकसाहित्यलाई हेर्ने प्रगतिशील दृष्टिकोण बिषयक ६०औं परिसंवाद कार्यक्रममा वहाँले, ‘सामाजिक, भौतिक परिवेश अनुसार नै लोकसाहित्यले आफुलाई परिमार्जन गर्दै लगेको बताउनुभयो ।’

प्रगतिशील लेखक सङ्घ, केन्द्रिय समितिको आयोजनमा माघ ६ गते सङ्घको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा प्रस्तोता प्रा.डा.गिरीले,‘मानिसले जिवनसँग सङ्घर्ष गर्दै तथा उत्पादनसँग जोडिदै जाँदा लोकसाहित्यको उत्पति भएको बताउँदै’ वहाँले, ‘चिन्तनलाई यथास्थितिबाट माथि उठाउन लोकसाहित्यको वैज्ञानिक अध्ययन तथा अनुसन्धान आवश्यक रहेको’ बताउनुभयो । लोकगीत, लोकनाटक, उखान, लोक कविता, लोक गाथा, टुक्का, गाउँखाने कथा, मन्त्र, लोककाव्य आदि लोकसाहित्यको विधा भएको प्रा.डा.गिरीले बताउनुभयो ।

मार्क्सले समेत लोकसाहित्यको क्रान्तिकारी उपयोग गर्नुपर्ने बताउनु भएको चर्चा गर्दै प्रा.डा. गिरीले ‘साहित्य सिर्जनामा लोकसाहित्यको ठूलो भूमिका हुने गोर्कीको मान्यता रहेको’ बताउनुभयो । ‘लोकसाहित्यको प्रयोगले मुनामदन चर्चित भएको समेत प्रा.डा.गिरीको तर्क थियो ।

प्रलेसका अध्यक्ष डा.मधुसुदन गिरीको अध्यक्षता, उपाध्यक्ष नमुना गिरीको संचालनमा अगाडि बढेको परिसंवाद कार्यक्रमको विषयवस्तुको बारेमा कार्यक्रमका संयोजक समीर सिंहले प्रष्टयाउनुभएको थियो ।

परिसंवाद कार्यक्रममा पुरक टिप्पणी गर्नेहरुमा गोपीरमण उपाध्याय, प्रा.डा.ध्रुवकुमार घिमिरे, प्रा.डा.इश्वरचन्द्र ज्ञवाली, डा.बालाकृष्ण अधिकारी, समीर सिंह, शशीराम कार्की, आभासेतु सिंह, बिजुला रायमाझि, नन्दू उप्रेती, चर्तुभुज केवरत, नर्मदेश्वरी सत्याल हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार