फरीदावाद, २६ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिको आयोजनामा “प्रजातन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं” भन्ने मुल नाराका सहित ऐक्यवद्धता सभा सम्पन्न पारिएको छ । सो अवसरमा वनभोज कार्यक्रम पनि सम्पन्न पारिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ठाकुर खनालले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत स्थित नेपालीहरूको चेतनास्तर वृद्धिको लागि पनि निरन्तर काम गर्दै आएको बताउनु भयो । त्यस्तै नेपालीहरुको बीचमा आफ्नो परम्परा र सद्भावको पक्षमा पनि निरन्तर काम गर्दै आएको खनालले बताउनु भयो ।
राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको पक्षमा समेत मूल प्रवाहले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काम गर्दै आएको अध्यक्ष खनालले बताउनु भयो । ॅनेपालीहरु एकजुट भएर बस्नु पर्छ र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डा मुनि गोलवन्द हुनुछर्प ।’
त्यस्तै केन्द्रीय सल्लाहकार रमेश चन्द्र क्षेत्री, केन्द्रीय परिषद सदस्य विष्णु बिसी, क्षेत्रीय सदस्य चन्द्र अधिकारी, महिला नगर विभाग कि संयोजक मायाँ बिसी, विद्यार्थी विभागबाट कमल कुँवर, नगर समितिबाट मानसिंह विष्टको आतिथ्यता रहेको थियो ।
नगर अध्यक्ष बाबुराम विष्टको अध्यक्षता र सचिव धर्म खनालको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा ज्ञात अज्ञात शहीदहरूप्रति एक मिनट मौनधारण राखिएको थियो । स्वागत नगर सदस्य सूर्य बहादुर क्षेत्रीले गर्नुभएको थियो ।
कार्यक्रममा बल्लभगढ एरियाबाट उमेश जिसी, एनआईटीबाट लोकराज थापा, हेवल हेमला एरियाबाट मान सिंह विष्टले मन्तब्य राख्नु भएको थियो ।