बेंगलोरमा संघीयता विरुद्ध ऐक्यवद्धता सभा सम्पन्न

धर्म पहरी

बेंगलोर । राष्ट्र र राष्ट्रियताको रक्षा गरौं, गणतन्त्रलाई संस्थागत गरौं र संघीयताको खरेजी गरौं मूल नाराका साथ राष्ट्रिय जनमोर्चाले चालेको एक महिने देश ब्यापि बिरोध कार्यक्रमप्रति ऐक्याबद्धता सभा सम्पन्न भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेंगलूर उत्तर नगर समिति र दक्षिण नगर समितिको संयुक्त आयोजनामा सो सभा सम्पन्न भएको हो ।

कार्यक्रमको चक्र बहादुर रावलको अध्यक्षता र दान बहादुर पहरीले सञ्चालन गर्नुभएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य बालकृष्ण गायकको प्रमुख अतिथ्यता गर्नुभएको थियो । त्यस्तै के.स.स. नरेश वि.क., क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ बि.क., क्षेत्रीय सदस्य पार्वती बि.क., क्षेत्रीय सल्लाहकार सदस्य परमानन्द खडायत, क्षेत्रीय बैकल्पिक सदस्य मान बहादुर बि.क.को आतित्थ्यता रहेको थियो ।

प्रमुख अतिथि बालकृष्ण गायकले मुलुक ठुलो दुर्घटनामा पर्ने अबस्था बारे प्रकास पार्दै प्रबासी नेपालीहरूलाई प्रबासबाट पनि जगरूक हुनुपर्ने बताउनु भयो । ‘हामीहरू रोजगारिको समस्याले प्रबासमा रहेता पनि राष्ट्र र राष्ट्रियताको रक्षा, २०६२-६३ को महान जनान्दोलनद्वारा स्थापित गणतन्त्र र संघीयता खारेजिको लागि नेपाल सरकार समक्ष खबरदारी गर्दछौं र यसकिसिमका कृयाकलापको भण्डाफोड गर्दछौं’ गायकले भन्नुभयो।

ज्ञात अज्ञात शहिदहरूप्रति एक मिनेट मौनधारण र उपस्थित जनमानसहरूलाई शब्दद्वारा दक्षिण नगर समितिका कोषाध्यक्ष रमेश बि.क.ले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा नरेश बि.क,. दशरथ बि.क., पार्बति बि.क., परमानन्द खडायत, मान बहादुर बि.क. तथा हलबाट निरमला दलाल, रामराज पौडेल र बलराम कोलीले देशको भयाबह अबस्था मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार