पुदुचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुदुचेरी नगर समितिको आयोजनामा “राष्ट्रियता, गणतन्त्र को रक्षा गरौं, संघीयताको खारेजि गरौं” भन्ने मुल नारा सहित राजमोले सञ्चालन गरेको एक महिने कार्यक्रमलाई ऐक्यबद्धता जनाउँदै बिरोध सभा सम्पन्न भएको छ ।
केन्द्रीय सदस्य जनकराज पौडेल, प्रतिनिधि चन्द्रकान्त शर्माको बिसेस आथित्थ्य रहेको थियो । आफ्ना भनाई राख्नेमा क्षेत्रीय सदस्य बिष्णु शर्मा, महिला बिभागबाट जमुना शर्मा, एरियाबाट सबिना आचार्यहरुले बर्तमान देशको तरल अवस्था बारे स्पष्ट पार्नु भएको थियो ।
सभा हरि बहादुर कार्किको अध्यक्षता, गोबिन्द शर्माको सञ्चालन, ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात रबि शर्माद्वारा उपस्थित जनमासलाई स्वागत गर्नु भएको थियो ।