बुटवलमा राजमोको अन्त्रीक्रिया सम्पन्न : संघीयता खारेजीको बिकल्प छैन :नेपाली

शंकर प्रसाद पोख्रेल ,

रुपन्देही बुटवल । देशको तत्कालीन परिस्थितिमा गणतन्त्र राष्ट्रियताको रक्षा तथा संघीयताको विरुद्ध संघर्षको प्रस्न विषयमा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिले अन्त्रकिया सम्पन्न गरेको छ।

अन्त्रकिर्या कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। भने प्रमुख अथितिबाट राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेस्मिराज नेपालीले आफ्ना भनाइ राख्नुभएको थियो ,उहाले अहिले देशको सार्बभौमसत्ता गणतन्त्र र धर्मनिरिपक्षता धरापमा रहेको भन्दै त्यसलाई जोगाउन सबै अर्गगामी सक्तीहरु एक ठाउमा उभिनुपर्ने बताउनुभयो,नेपालीले देशले राष्ट्रियता ,भौगोलिक ,र आर्थिक स्थितिले पनि संघीयता थेग्न नसक्नी भएकोले तत्काल खारेज गर्नुपर्ने बताउनुभयो नेपालीले संघीयता नेपालमा अस्थिरता पैदा गर्न साम्राज्यवादिहरुले बोकाइदिएको भारी हो भन्दै बेलैमा नेपाली जनताहरु सचेत हुनुपर्ने तर्क पेस गर्दै अन्य दलहरूलाइपनी यश बीसयमा स्पष्ट देश सुंहाउदो धाराणा बनाउन सुझाव दिनुभयो।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाकि लुम्बिनी प्रदेश सांसदले राष्ट्रियताको पक्षमा र जनजिबिकाको पक्षमा बोल्ने पाटि राष्ट्रिय जनमोर्चा भएकोले बिचार फरक भएपनी ढिलोचाडो सबैदलहरु लास्टमा संघीयता खारेजिको पक्षमा उभिनै बिश्वास व्यक्त गर्नुभयो ।बुद्धिजिबि लिल बहादुर केसिले राष्ट्रहितको दस्तावेजहरु राष्ट्रिय जनमोर्चा पाटिले लेख्नेगरेकोले अन्य पाटिहरुले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो।

कार्यक्रममा अबधाराणपत्रमा टिप्पणी गर्दै नेपाली कांग्रेस प्रदेश प्रतिनिधि राम बहादुर कार्किले राष्ट्रिय जनमोर्चाले उठाएको राष्ट्रियताको विषयमा आफ्नो सहमति भएपनी ,एमसिसी र संघीयताको पक्षमा आफू सहमति न भएको तर्क पेस गर्नुभयो,नेकपा एकीकृत समाजबादिका संजिब भन्डारिले अबधाराणपत्र माथी टिप्पणी गर्दै बिचारको हिसाबले राष्ट्रिय जनमोर्चा ठिक भएपनी ब्यबहारिक रुपमा कमजोर रहेको बताउनुभयो ,नेकपा एमालेका लुम्बिनी प्रदेश सचिबालय सदस्य बिस्वराज बरालले अवधाराणापत्रमा टिप्पणी गर्दै ,राष्ट्रिय जनमोर्चाले प्रतिगमनको हौबा फैलाएको भन्दै आपती प्रक्ट गर्नुभयो।नेकपा माओबादी क्रान्तिकारिका पोलिब्युरो सदस्य प्रेम सुबेदिले संघीयता बिसयमामा अबधाराणपत्र अस्पस्ट रहेको भन्दै राष्ट्रियताको सबालमा एक हुनुपर्ने तर्क पेस गर्नुभयो ,नेकपा प्रतिनिधि बसन्त श्रेष्ठले अबधाराणपत्र अपुरो रहेको भन्दै यस्मा धेरै बिसय थप्नुपर्ने तर्क पेस गर्नुभयो।जसपा प्रतिनिधि मनिकर कार्किले राष्ट्रिय जनमोर्चाले उठाउने विषय सहि भएपनी संघीयता देशको लागि आवश्यक रहेको बताउनुभयो।

बक्ताहरुले उठाएका प्रस्नहरुको जबाफ राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले दिनुभएको थियो। बोम बहादुर खतृको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राजमो लुम्बिनी प्रदेश सचिब सोम कुमार कार्किले गर्नुभएको थियो भने स्वागत भासण राजमो नेता सेर बहादुर बिसिले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार