मूल प्रवाह नेता महर मातृशोकमा

हिमाचल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति सल्लाहकार एवं सोलन नगर समितिका उपाध्यक्ष मनबहादुर महरकी आमा श्रीमती रामकली महरको ११ मार्च २०२३ का दिन ६६ वर्षको उमेरमा हिमाचल राज्यको सोलनस्थित घट्टी देवरामा निधन भएको छ । माडी ६, कोर्चाबाङ रोल्पा स्थायी निवासी रामकली छोरासँग हिमाचलमा बसोवास गर्दै आउनु भएको थियो ।

ममतामयी आमा रामकलीको दुखद निधनप्रति हिमाचल राज्य समितिका अध्यक्ष शोभाखर पंथ र सोलन नगर समितिका अध्यक्ष रतन के.सी.ले बेग्ला-बेग्लै शोक वक्तव्य जारी गरि वहाँप्रति श्रद्धाञ्जली एवं शोकाकूल परिजनमा समवेदना प्रकट गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार