रक्तिम सांस्कृतिक अभियानको नयाँ नेतृत्व चयन

बुटवल । रक्तिम सांस्कृतिक अभियानको अध्यक्षमा गिरीप्रसाद बुढा चयन हुनुभएको छ । वैशाख १ गतेदेखि बुटवलमा सुरु भएको रक्तिमको चौथो राष्ट्रिय सम्मेलनले गिरीप्रसाद बुढा (रुकुम) को अध्यक्षतामा १९ पूर्ण र ६ वैकल्पिक गरी २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

यस्तै, पूर्व अध्यक्ष रेम रानाको संयोजकतत्वमा १३ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् समेत चयन भएको छ ।

रक्तिमको राष्ट्रिय सम्मेलनले पहिलो पटक वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्षको व्यवस्था पनि गरेको छ । वरिष्ठ उपाध्यक्षमा जीवन शाही (सुर्खेत) र उपाध्यक्षद्वय मोहराज चालिसे (चितवन) र बाबुराम आचार्य (कैलाली) चयन हुनुभएको छ ।

यस्तै, महासचिवमा हेमराज आश्रम (काठमाडौं) चयन हुनुभएको छ भने सचिव सहविन अर्गेजा (बागलुङ) र कोषाध्यक्षमा अनन्तराज आचार्य (दाङ) चयन हुनुभएको छ ।

सदस्यहरुमा मेस्मा पुन (काठमाडौं), विष्णु केसी (अर्घाखाँची), उषा तरामी मगर (गुल्मी), विशाल राई (सुनसरी), सुवर्ण भट्टराई (बारा), शोभा गोपाली (मकवानपुर), तमबहादुर रोका (कास्की), जगत विक (प्युठान), सीता बस्याल (रुपन्देही), हिक्मत शाही (कालिकोट), मञ्जु परियार (कञ्चनपुर) र सुरज सुनार (नवलपुर) रहनुभएको छ ।

यस्तै, वैकल्पिक सदस्यमा मानबहादुर नेपाली (कपिलवस्तु), दिलीप परियार (बागलुङ), हरि सर्तुङ्गी मगर (गुल्मी), दीपक गोले (रौतहट), सविता ठाडामगर (सुर्खेत), दीपक पन्थी अर्घाखाँची रहनुभएको छ ।

केन्द्रीय सल्लाहकार परिषदको संयोजकमा रेम राना तथा सदस्यहरुमा तेजेन्द्र थापा, देवी शर्मा, मिना बुढाथोकी, सुशिला थापा, थुमराज ढुंगाना, गीता थापा, दानबहादुर थापा, नरमाया थापा, नेत्र राना, जीवन पुन, टीकासंगम र दानबहादुर सारु रहनुभएको छ ।

रक्तिमको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन वैशाख १ गते राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो । वैशाख २ गते भएको बन्दसत्रले संगठनात्मक प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।

रेम राना, सुशिला थापा र बुद्धबहादुर जिसीसहितको तीन सदस्यीय अध्यक्षमण्डल गठन गरियो । बन्द सत्रको अध्यक्षता सुशिला थापा र सञ्चालन रेम रानाले गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष गिरीप्रसाद बुढाले सांगठनिक प्रतिवेदन, विशेष प्रस्ताव र ठोस कार्यक्रम प्रस्तुत गर्नुभयो भने जीवन शाहीले विधान मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा कलाकारहरुले आ–आफ्नो प्रस्तुती देखाएका थिए भने रक्तिमका पूर्व कोषाध्यक्ष तेजेन्द्र थापाले वरिष्ठ गायिका लक्ष्मी गुरुङलाई स्मरण गर्दै ‘उत्तरबाट बादल आउँदा…’ गीत गाउनुभएको थियो । यो गीतले पुरै हललाई भावुक बनाएको थियो ।

कार्यक्रममा वामन्थी नेता सुरेश थापा, बुद्धिजीवी दुर्गानाथ खरेल र जातीय समता समाजका अध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य राजेश विकले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

नवनिर्वाचित समितिलाई वामन्थी नेता सुरेश थापा र रक्तिम कलाकार कुलबहादुर छन्त्यालले बधाई तथा शुभकामना दिनुभयो ।

नवनिर्वाचित समितिको आज (वैशाख ३ गते) बसेको बैठकले संगठन सुदृढीकरण, पाँच हजार सदस्यता वितरण, सांस्कृतिक तथा राजनीतिक प्रशिक्षण गर्ने तथा लेनिनको जन्म शतवार्षिकीका अवसरमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

सांस्कृतिक सभा
यस्तै, सम्मेलनले ८१ सदस्यीय सांस्कृतिक सभा पनि गठन गरेको छ।

जसमा कृष्ण गिरी, रीता घर्तीभिरे, बुद्धवहादुर जिसी, पूर्ण बहादुर परियार, कुलबहादुर छन्त्याल, पूर्ण बहादुर भुजेल, निम कला राना, मेघराज गौतम, कृष्ण केसी, रामअन्जान परियार र बेगम बुढामगर रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार