चेन्नई पूर्वमा महिला नगर विभाग गठन

चेन्नई पूर्व, ७ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व नगर समितिको नेतृत्वमा पूर्व नगर अन्तर्गतका महिलाहरूको क्लास अखिल भारत नेपाली एकता समाजकी केन्द्रीय सदस्य भगवती कुँवर तथा दक्षिण भारत क्षेत्रीय समिति सदस्य बिष्णु शर्मा साथै क्षेत्रीय सदस्य काशिराम शर्मा डि. एम्द्वारा विविध विषयमा कलास पश्चात उपस्थित महिलाहरूको दोस्रो भेला मिना क्षेत्रीको संयोजकत्वमा १५ सदस्य चेन्नई पूर्व नगर महिला बिभाग गठन गरिएको छ । जसमा सदस्यहरु क्रमशः संझना बस्याल, रिता भूषाल, सन्तु बोहोरा, चन्द्रकला विक, ईश्वरी केसी, विमला क्षेत्री, शोभा क्षेत्री, रेखा नेपाली, डिलु नेपाली, धनमायाँ नेपाली, कुमारी नेपाली, पिर्या नेपाली, शोभा ताम्राकार, पर्किती ढकाल रहनुभएको छ । संयोजकद्धारा सिंगो समितिको तर्फबाट प्रतिबद्धता व्यक्त गरिएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य भगवती कूंवर, क्षेत्रीय सदस्य बिष्णु शर्मा, क्षेत्रीय सदस्य काशीराम शर्मा डिएम्, पूर्व नगर समिति कोषाध्यक्ष सूर्य भुषाल, नगर सदस्य लोकप्रसाद पराजुली, सुनील नेपाली, दयाराम बिक, राम बहादुर क्षेत्री, चेन्नई पूर्व नगर महिला बिभागकी भूपू संयोजक लक्ष्मी चालिसेले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मण चालिसेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार