कोट्टयाममा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

धर्मराज शर्मा

कोट्टयाम केरला, १४ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा प्रशिक्षण शिबिर कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ ।

मनोज जिसीको सञ्चालन र धर्मराज शर्माको अध्यक्षता पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव केबि थापाले प्रमुख अतित्थ्यता गर्नुभएको थियो । त्यस्तै केन्द्रीय सदस्य चोबनाथ शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य भद्र बहादुर थापा, धन कुमारी केसी, महिला बिभाग क्षेत्रीय सदस्य बालिका देबि शर्मा, नगर महिला बिभाग संयोजक खिरमायाँ थापाको अतित्थ्यता पछि ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात एकराज पौडेलले उपस्थित जनसमुदायलाई शब्दबाट स्वागत गर्नुभएको थियो ।

महासचिव केबी थापाले संगठनात्मक बिषय लगायत महिला दिदी बैनिहरुको बिषय तथा देशको समसामयीक राजनैतिक, तीन राजनैतिक प्रस्ताबहरुका बारेमा प्रशिक्षण दिनुभएको थियो । केन्द्रीय सदस्य चोबनाथ शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य भद्र बहादुर थापाले पनि विभिन्न बिषयहरुमा प्रशिक्षण दिनुभएको थियो ।

मेश बिभागबाट दिल बहादुर रानाले मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार