महासचिव मनोज भट्ट गाडी दुर्घटनामा घाइते

डोटी । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट दुर्घटनामा घाइते हुनुभएको छ । बुधबार बिहान डोटीको गैराबजार नजिक भट्ट चढेको गाडी दुर्घटनामा परेको हो ।

राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादविरुद्ध सञ्चालन गरेको मेची महाकाली अभियान’ अन्तर्गत धनगढीबाट डोटी जाने क्रममा बा११प ६८७८ नम्बको गाडी दुर्घटनामा परेको हो ।

महासचिव भट्टको ढाडमा चोट लागेको छ । उहाँको अवस्था सामन्य रहेको भट्टले जानकारी दिनुभयो ।

सो गाडीमा अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे, राजमो सुदूरपश्चिमका सल्लाहकार बिर्खराज पन्त र विद्यार्थी नेता महेश शर्मा हुनुहुन्थ्यो । महासचिव भट्टबाहेक अन्य नेता कार्यकर्ता सकुशल रहेको बुझिाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार