
नयाँ दिल्ली । भर्खंरै नेपाल सरकारबाट विवादित नागरिकता विधायक राष्ट्रपतिद्वारा प्रमाणित गराइएको कदमलाई विरोध गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आज ४ जुन २०२३ का दिन भारतव्यापी विरोध सभा सम्पन्न गर्ने भएको छ ।
समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले विवादित नागरिकता विधेयक नेपाली राष्ट्रियताको विरुद्ध भएकोले आफूहरुले सो विधेयकको शुरुदेखि नै विरोध गर्दै आएको हामीलाई दिनुभएको जानकारी दिनु भयो ।
‘जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानहरुले बंशजको नागरिकता पाउने वित्तिकै वास्तविक नेपालीहरु अल्पमत पर्ने र नेपाली राष्ट्रियता नै समाप्तको दिशामा जानेछ’ अध्यक्ष खनालले भन्नुभयो- ‘राष्ट्रपतिको उक्त कदमलाई सच्चाई पर्दछ ।’
साथै भारतको नवउद्धघाटित संसद भवनमा कपिलवस्तु र लुम्बिनी नाम उल्लेख गरि सिंगो नेपाली भू-भाग नै गाभी “अखण्ड“ भारतको नाममा भित्ते चित्रमा प्रदर्शित गरिनु नेपाली सार्वभौमसत्ता माथी आक्रामण भएको भन्ने ठहर छ ।
उल्लेखित दुबै विषयलाई लिएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आज ४ जुन २०२३ का दिन भारतका करिब २०० शहरहरुमा विरोध सभा सम्पन्न पार्ने कार्यक्रम रहेको खनालले जानकारी दिनु भयो ।















