धरालीबजार बाढीमा ज्यान गुमाएका नेपालीप्रति मूल प्रवाहको श्रद्धाञ्जली

नयाँदिल्ली । उत्तराखण्डको धरालीबजारमा भारी वर्षापछि आएको बाढीमा परी ज्यान गुमाएका नेपालीप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा अगस्त ९, २०२५ का दिन शोकवक्तव्य जारी गर्दै मूल प्रवाहले श्रद्धाञ्जली व्यक्त गरेको हो ।

बाढीमा परी १७ जना नेपालीसहित सयौँ मानिस बेपत्ता भएको जानकारी दिँदै मूल प्रवाहले जाजरकोट कुसे गाउँपालिकाका १३ जना बर्दिया जिल्ला रारातालका चार जना नेपाली नागरिकको बारेमा नेपाल र भारतका सरकार संवेदनशील नबनेको आरोप लगाइएको छ ।

मूल प्रवाहले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै बेपत्ता नेपालीको प्रभावकारी खोजीकार्यमा लाग्न दुवै देशका सरकारसित माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार