पाण्डेचरी, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समितिको आयोजनामा नागरिकता बिधेक खारेजीको माग गर्दै विरोध सभा सम्पन्न पारिएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य जनकराज पौडेल, भगवती कुँवर र चन्न्द्रकान्त शर्माले र क्षेत्रीय सदस्य बिस्नु शर्माले अतिथिको आषन ग्रहण गर्नु भएको थियो । नगर सचिव गोबिन्द शर्माले सञ्चालन र अध्यक्षता नगर अध्यक्ष डिल्ली प्रसाद शर्माले गर्नु भएको थियो । शहिदहरुप्रति एक मिनेट मौनधारण पछि उपस्थित जनसमुदायलाई नगर सदस्य रबि पौडेलले स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य जनकराज पौडेल, केन्द्रीय सदस्य भगवती कुँवर, केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, क्षेत्रीय सदस्य बिष्णु शर्मा, महिला बिभाग ईन्चार्ज जमुना शर्मा र समता बिभागबाट गम बहादुर बिकले मन्तव्य दिनुभएको थियो ।
वक्ताहरुले राष्ट्रघाती नागरिकता विधेयकका अन्तर्निहित पक्ष र भारतको रणनीति उदेश्यका साथै अखण्ड भारतमा नेपालका कतिपय भु-भागलाई समेट्नुको नियत बारे पनि प्रष्ट धारणा ब्यक्त गर्नुभएको थियो ।
निलगिरी,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सहित विरोध सभा सम्पन्न पारिएको छ ।
कार्यक्रम समाजका महासचिव केवी थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो । थापाले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राष्ट्रपतिले राष्ट्रहित विपरित विवादीत नागरिकता बिधेयक पारित गरेर गम्भिर प्रकारको राष्ट्रघात गरेको बताउनु भयो ।
कार्यक्रम मधु खनालको सञ्चालन र लोकेन्द्र बिकको अध्यक्षतामा अगाडि बढेको थियो । त्यस्तै केन्द्रीय समितिका कोषाध्यक्ष मदन शर्मा, क्षेत्रीय समितिबाट बिरे थापा, मिना हमाल, टेकबहादुर बिक, प्रतिनिधि जगत बहादुर हमाल, महिला बिभाग क्षेत्रीय समिति रुपा थापा, क्षेत्रीय बिद्यार्थी बिभागबाट कस्तुरी थापा लगायतले आतित्थ्यता गर्नुभएको थियो ।
ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण पछि मदन शर्मा, सिता नेपाली, बसन्त परियार, लक्षिमि परियारले मन्तव्य राख्नुभएको थियो ।
चेन्नई पश्चिम,
नेपाल सरकारबाट विवादित नागरिकता विधेयक राष्ट्रपति द्वारा प्रमाणीत गराईएको कदमलाई विरोध गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।
मूल प्रवाह चेन्नई पश्चिम नगर अध्यक्ष बुद्विराम पौडेलको अध्यक्षयतामा सम्पन्न उक्त विरोध सभा कार्यक्रममा केन्द्रीय सदस्य केशमान नेपाली, केन्द्रीय परिषद तथा दक्षिण भारत क्षेत्रीय सदस्य काशीराम शर्मा, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेलले आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।
प्रमुख अतिथिको आशनबाट बोल्दै केशमान नेपालीले शासकहरुको गलत नीतिका कारण भोलीका दिनमा नेपालीहरु आफ्नै देशमा अल्पमतमा पर्ने परिस्थिति श्रृजना भएको औल्याउनु भयो । नागरिकता बिधेयक तुरुन्त फिर्तागर्नु नेपालको जोड थियो ।
उक्त बिरोध सभामा काशिराम शर्मा, लोकेन्द्र पौडेल, नेत्र प्रशाद शर्मा, राजेश वि. क., प्रकाश नेपाली, खुमन प्रशाद भण्डारी, नर बहादुर थापा र एकदेव शर्माले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन क्षेत्रिय सदस्य तथा चेन्नई पश्चिम नगर सचिव किशोर शर्माले गर्नुभएको थियो । अतिथि आशन ग्रहण गर्नु भएको उक्त कार्यक्रममा १ मिनेट ज्ञात अज्ञात शहिदहरुप्रति मौनधारण गरिएको थियो । उपस्थित जनमानसलाई पश्चिम नगर सदस्य शसिराम थापाले शब्दद्वारा स्वागत गर्नु भएको थियो ।
चेन्नई पूर्व, उत्तर र दक्षिण,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नै महानगरीका पुर्व,उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा बिरोध सभा सम्पन्न भएकोछ ।
चेन्नई दक्षिण नगर उपाध्यक्ष खगराज आचार्यको अध्यक्षतामा सम्पन्न उक्त बिरोध सभालाई मूल प्रवाह केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाले मन्तव्य दिनुभएको थियो ।
जहिले पनि राष्ट्र र राष्ट्रियताको आन्दोलनलाई सहयोग पुर्याउँदै आएको र आउँदा दिनहरुमा पनि एक ढिक्का भएर लाग्ने भन्दै राष्ट्रघाती नागरिकता विधेक खारेजीको लागि संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
दक्षिण भारत क्षेत्रीय सदस्य काशिराम शर्मा, क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, जिवन शर्मा, ओमाकान्त शर्मा, नेत्रलाल शर्मा, प्रथम बहादुर क्षेत्री, ओम बहादुर वि.क., टिका थापा लगायतले मन्तव्य दिनुभएको थियो ।
पुर्व नगर समितिका कोषाध्यक्ष सुर्य प्रसाद भुसालले कार्यक्रमको सञ्चालन र काशिराम शर्माले उपस्थित जनमानसलाई शब्दद्वारा स्वागत गर्नु भएको थियो ।
बैंगलोर उत्तर,
समाज बैंगलोर उत्तर नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।
बैंगलोर उत्तर नगर समितिका उपाध्यक्ष ओम बहादुर दाहालको अध्यक्षता र नगर समितिका सचिव तिलक बहादुर केसीको सञ्चालनबाट अगाडि बढेको सो सभामा उपस्थित सम्पूणर्लाई शब्दद्वारा दुरा पहरीले स्वागत गर्नुभएको थियो ।
दक्षिण भारत क्षेत्रीय सदस्य धर्म पहरी, राजमो प्युठान नगरपालिका ३ नं वडा को बस्नेत टोलबाट सरस्वती केसी, महिला नगर विभागबा सीता कुँवर, नगर सदस्य निर्मला दाहाल र कोपिला शर्माले मन्तव्य दिनुभएको थियो ।
कोट्टयाम,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा बिरोध सभा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजका केन्द्रीय सदस्य चोबनाथ शर्माले राष्ट्रघाति नागरिकता बिधेयक खारेज हुनुपर्नेमा जोड दिनुभयो ।
जंग बहादुर थापाको अध्यक्षता र हरि प्रसाद पौडेलको सञ्चालनबाट अगाडि बडेको बिरोध सभामा क्षेत्रीय समितिका धनकुमारी केसी, क्षेत्रीय महिला बिभागका बालिका देबि शर्मा, बिद्यार्थि नगर समितिका कबिता शर्मा लगायतले आतित्थ्यता मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई लक्ष्मि पौडेलले स्वागत गर्नुभएको थियो ।
चिदम्बरम,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर समितिको आयोजनामा राष्ट्रघाती नागरिकता विधेयक र नेपाली भूभाग गाभिएको अखण्ड भारतको नक्शा विरुद्धमा विरोध सभा विरोध सभा सम्पन्न भयो ।
हेम बिजीको उद्घोष, सुर्यमान गिरीको अध्यक्षताबाट अगाडि बढेको सो सभामा केन्द्रीय सदस्य बालाकृष्ण गायकको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै क्षेत्रीय सदस्य नारायण शर्माले पनि अथिति आसनग्रहण गर्नुभएको थियो । विरोध सभा कार्यक्रममा उपस्थित सम्पूर्ण जनसमुदायहरूलाई शब्दद्वारा गोकूल बहादुर गायकले स्वागत गर्नु भएको थियो।
कार्यक्रमका प्रमुख अथिति बालाकृष्ण गायकले विचार मन्तव्य राख्दै भन्नु भयो- जन्मको आधारमा नागरिकता पाएका सन्तानहरुले वंशजको नागरिकता पाउने नागरिकता पाउने प्रावधान राष्ट्रघाती भएको बताउनु भयो ।
लुम्बिनी र कपिलवस्तु नेपाली भू-भाग गाभेर जुन आफ्नो नयाँ संसद भवनमा ‘अखण्ड’ भारतको नक्शा राखेको छ, त्यो नेपालको सार्वभौमिकता माथि हमला भएको बताउनु भयो । नेता गायकले भन्नु भयो- ‘हाम्रो राष्ट्रिय स्वाधिनता जोगाउन देश प्रवासबाट देशभक्त नेपालीहरु संघर्षमा उठ्नु पर्ने समय आएको छ ।’
कार्यक्रमका अथिति क्षेत्रीय सदस्य नारायण शर्मा, महिला विभागबाट खेम कुमारी जिसी र विद्यार्थी विभागबाट विनोद जिसीले पनि मनतव्य दिनु भएको थियो ।
कोचिन,
मूल प्रवाह अखिल भारत नेपाली एकता कोचिन नगर समितिको आयोजनामा राष्ट्रघाती नागरिक बिधेयक खारेजीको माग गर्दै विरोध सभा सम्पन्न गरिएको छ । क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष जुगराज राहुँ मगरको अध्यक्षता र जनक बी.सीको सञ्चालन उक्त कार्यक्रममा दक्षिण भारत क्षेत्रीय प्रतिनिधी रिखेन्द्र विसीले प्रमुख अतिथिको आसनबाट मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा केन्द्रीय परिषद सदस्य जानकी बी.सी र दिपेक नेपालीले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई महिला नगर बिभागकी श्रीमती सावित्रा घ.मले स्वागत गर्नु भएको थियो ।
कोयम्बतुर,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोयम्बतुर नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।
कार्यक्रम चन्द्रदत्त शर्माको अध्यक्षता र चन्द्र प्रसाद पौडेलको सञ्चालनमा अगाडि बढेको थियो । उक्त कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई चिरन्जिबी शर्माले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा समाजका महासचिब के.बि. थापा, दक्षिण भारत क्षेत्रीय समितिका सदस्य रेशम थापा, भु.पु. नगर अध्यक्ष तथा रा.ज.मो. प्युठान न.पा. वाड नम्बर ४ का नरेन्द्र कुमार नेपाली लगायतले मन्तव्य दिनुभएको थियो ।
बेंगलोर दक्षिण,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर दक्षिण नगर समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ ।
बैंगलोर दक्षिण नगर समितिका अध्यक्ष नरेश बिकको अध्यक्षता र नगर समितिका सहसचिव दान बहादुर पहरीको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा अतिथि आसन ग्रहण पछि उपस्थित सम्पूणर्लाई शब्दद्वारा नगर समितिका सदस्य रामराजा पौडेलले शब्दद्धारा र रक्तिम सांस्कृतिक कलाकारहरुले साँगितिक कोशेलीद्धारा स्वागत गर्नु भएको थियो गर्नुभएको थियो ।
कार्यक्रममा दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष दशरथ बिक, राजमो, सुदुरपश्चिम प्रदेश सदस्य तथा डडेलधुरा जिल्ला अध्यक्ष चन्द्रदेव बिकको आतिथ्यता रहेको थियो ।
चन्द्रदेव विक, दशरथ विक, राजु विक, गणेश लाबण, बलराम बिकले मन्तव्य दिनुभएको थियो ।