अलविदा सुरेश थापा

चेन्नई । स्वर्गद्वारी नगरपालिका वाड नंबर ९, जुडापाटा प्युठान निवासी तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य भीम बहादुर थापाका माइला छोरा सुरेश थापा बर्ष ४२ का चेन्नईको गेल्डेनबिच नजिकै उत्तान्डीमा अबस्थित एमए डाइबेटस् सेन्टरको गेस्टहाउसमा कार्यरत थिए ।

३० जुन २०२३ का दिन डिउटीमा विषालु साँपको डसाइबाट घटना स्थलमै उनको मृत्यु भएको थियो । दिनांक १ जुलाई २०२३ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय प्रतिनिधि चन्द्रकान्त शर्मा केन्द्रीय सदस्य तथा मृतकका बुबा भिम बहादुर थापा, केन्द्रीय सदस्य जनकराज शर्मा, केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापा, सदस्य कासिराम शर्मा, ओमकान्त शर्माले हस्पिटल मेनेजमेन्टसँग बार्ता गरि ठुलो मेहेनतले मृतक सुरेश थापाको परिवारलाई क्षतिपुर्ति दिलाइएको छ ।

पोलिस प्रशासनिक कामकाज र रायपेटा हस्पिटलमा मेडीकल फर्मालीटी पुरा गरी चेन्नईको अम्बातुरडन्लपको पछाडिको संसानघाटमा निजको दाहसंकार गरिएको छ । सोही स्थानमा श्रद्धाञ्जली सभाको सम्पन्न गरिएको थियो । कार्यक्रमको सञ्चालन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य तथा चेन्नई पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेलले गर्नुभएको थियो । मृतक थापाप्रति एकमिनेट मौनधारण पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापाले श्रद्धाञ्जली मन्तब्य राख्नुभएको थियो । त्यस्तै हस्पिटल मेनेजमेन्टको तर्फबाट इलाम कुमार, बालाकुमार एडबोकेट, त्यस्तै सहभागि महेन्द्र बस्यालले मन्तव्य राख्नुभएको थियो ।

दाहासंस्कारमा कुल बहादुर थापा, चन्द्रकान्त शर्मा, मदन शर्मा, जनकराज पौडेल, केशमान नेपाली, काशिराम शर्मा, गोपाल बिक, तेजेन्द्र पुन, ओमकान्त शर्मा, भिमलाल शर्मा, डिल बहादुर, प्रकाश नेपाली, राजेश सुनार, तिलक शर्मा, बिमल लामिछाने, लोकप्रससद पराजुलि, जुना शर्मा बाबुराम सापकोटा, धन बहादुर शाहि, सीता शाहि, बैसाली शाहि, गौरी शाहि, गुमा कुमारी शाहि, कमल योगि, मीना योगि, इश्वर प्रसाद योगि, गोबिन्द बहादुर योगि, लक्ष्मी योगि, चित्र बहादुर योगि, कोकिला थापा, प्रदिप सुब्बा, उषादेबि, चन्द्र बहादुर थापा, भिम क्षेत्री, आस्ता सुरेश खड्का, दुर्गा बहादुर शाहि, दुर्गा बहादुर परियार, दल बहादुर क्षेत्री, विमान योगि, लोक कुमारी थापा, लिला थापा, रुपक घर्ति, गणेश बहादुर सुब्बा, अरुण चौधरी, टेक बहादुर क्षेत्री, दिपक थापा, सुक्रराज बिक, प्रेम लिम्बु, बिजय, लिलामणी कार्कि, रितु सुब्बा, पदम गिरी, कोपिलामणि शर्मा, कृस्ण अधिकारी, पुरन कुमार, डम्मर बहादुर थापा, रमेश परियार, दिपा शर्मा, हेमराज रिजाल, ज्योति नारायण सुबेदी, दिनेश थापा, प्रेम नेपाली, काशिराम, गंगा राम शर्मा, टङक आचार्य र कम्पनी इस्टापहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार