स्मृतिशेष श्रीधर थापाका आफन्तको खोजीमा मूल प्रवाह

खिमराज चालिसे,

चन्डिगढ। भारत पन्जाब सङ्घको डेराबसीमा गत राती उपचारको क्रममा हस्पिटलमा मृत्युवरण गरेका श्रीधर थापाका आफन्तहरूको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले खोजतलास गरेको छ ।

पाल्पा जिल्ला घर बताउने भारतको आधारकार्डमा तिलबहादुर थापाका छोरा श्रीधर थापा वर्ष ६१ का जनाइएका व्यक्ति डेराबसीमा अस्वस्थ भएपछि छिमेकीहरूले जुलाई २, २०२३ को दिउसो अस्पताल पुर्‍याएका थिए ।

उनको हस्पिटलमा उपचारको दौरानमा राती १:३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको डेराबसीबाट मूल प्रवाहका नेता काजीमान राईले बताउनुभयो ।

मृत्युपछि उनका आफन्तको कुनै जानकारी हुन नसकेपछि खोजीमा मूल प्रवाह लागेको हो ।

तस्बिरमा देखिएका व्यक्तिको बारेमा कसैलाई जानकारी प्राप्त भएमा यथाशीघ्र नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यालय अथवा दिनेश खड्का, फोन– ००९१–८७२५०६८३४० वा काजीमान राई, फोन– ००९१–७६५२८७०२३५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार