बागलुङका राजमो जनप्रतिनिधिका दुईदिने कार्यशाला सम्पन्न (फोटासहित)

बागलुङ बजार । राष्ट्रिय जनमोर्चा बागलुङका जनप्रतिनिधिका दुईदिने कार्यशाला सम्पन्न भएको छ ।

२०८० भदौ ८ र ९ गते बागलुङ बजारमा उक्त प्रशिक्षण सम्पन्न भएको हो ।

कार्यशालाको उद्घाटन भदौ ८ गते शुत्रबार राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले गर्नुभएको थियो ।

भदौ ९ गतेसम्म सञ्चालन भएको कार्यशालामा प्रमुख अतिथि कृष्ण अधिकारी तथा अन्य अतिथिहरूमा राजमो केन्द्रीय सदस्यहरू राजेन्द्र ढुङ्गाना र गौरिश्वर पाण्डे, वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ, जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुन, राजमो जिल्ला अध्यक्ष तथा काठेखोला गाउँपालिका उपाध्यक्ष तिलक थापा, बडिगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वन, अधिवक्ता लक्ष्मी बास्कोटाले जनप्रतिनिधिका काम, कर्तव्य र अधिकार, विकाश निर्माणमा जनप्रतिनिधिको भूमिका, पार्टी र जनप्रतिनिधिबिचको अन्तरसम्बन्ध र भूमिका, नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन र नियमावलीले व्यवस्था गरेका जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारलगायतका विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजालगायतका अतिथिको पनि आतिथ्य रहेको थियो ।

कार्यशाला जैमिनी नगरपालिका प्रमुख नरबहादुर पुनको अध्यक्षता तथा राजमो बागलुङका अध्यक्ष तथा काठेखोला गाउँपालिका उपाध्यक्ष स्वागत मन्तव्यका साथ अघि बढेको थियो ।

बडिगाड गाउँपालिका उपाध्यक्ष भीमसेन वनले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार