जनकराज पौडेल,
पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी महिला विभागको आयोजनामा २०८० सालको प्रगतिशिल तीजि कार्यक्रम, १८ सेप्टम्वर २०२३ का दिन भब्य रुपमा सम्पन्न भएको छ ।
नगर महिला संयोजक जमूना शर्माको अध्यक्षता र मूल प्रवाह नगर सचिव गोविन्द शर्माको सञ्चालन रहेको कार्यक्रममा प्रमूख अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य बालाकृष्ण गायक हुनुहुन्थ्यो । अन्य अथितिहरूमा केन्द्रीय सदस्य साथै दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेल, केन्द्रीय सदस्य भगवति कुवँर, चन्द्रकान्त शर्मा, क्षेत्रीय सचिवलाय सदस्य साथै पाण्डिचेरी नगर अध्यक्ष डिल्ली प्रसाद शर्मा, क्षेत्रीय सदस्य साथै दक्षिण भारत महिला संयोजक विष्णु कुमारी शर्मा, सदस्य ओमकान्त शर्मा, समता संयोजक गम बहादुर विक, विद्यार्थि विभागबाट पर्मिला कुवँरको आथित्यता रहेको थियो । शहिदहरूको सम्मानमा एक मिनेट मौनधारण पश्चायत उपस्थिति जनसमुदायहरूलाई सुर्य गायकले शब्दद्धारा र कलाकारहरूले गित संगितबाट स्वागत गर्नुभएको थियो । प्रमूख अथिति गायकले दिप प्रज्जवल गर्दै तालीको गड्गडहाट्बाट तीजि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
पश्चिमी छाडा संस्कृतिको विरुद्ध प्रगति शिल तिज कार्यक्रम आफैमा महत्वपुणर् पक्ष हो, अन्धविश्वासलाई चुनौति दिदै अन्यायको विरुद्ध न्यायको पक्षमा र हक अधिकार प्राप्त गर्न तीजि कार्यक्रमलाई महिला मुक्ति आन्दोलनसँग जोड्न पर्ने र त्यसको लागि प्रवासमा महिलाहरू मूल प्रवाहको झण्डामुनि गोलबन्द हुनु पर्ने धारणा ब्यक्त गर्नुभएको छ । “गणतन्त्र र राष्ट्रियताको रक्षा, संघीयता एमसीसी खारेज”को मूल नारा सहित सम्पन्न भएको प्रगतिशिल तीजि कार्यक्रमलाई केन्द्रीय सदस्य जनकराज पौडेल, चन्द्रकान्त शर्मा, भगवति कूँवर, क्षेत्रीय सदस्य डिल्लीप्रसाद शर्मा, ओमकान्त शर्मा, विष्णु कुमारी शर्मा, गम बहादुर विकहरूले सफलताको शुभकामना दिनुभएको थियो ।
महिला नेतृहरूद्धारा संकलित प्रगतिशिल गित संगितहरू विकृति विसंगतिको विरुद्ध केन्द्रीत थिए । न्याय र हकहित अधिकारको पक्षमा गाईएका गितहरूले कार्यक्रम हल नै गुज्जायमान थियो । महिला दिदी बैनि छमछम नाच्नु हुँदै यो सालको तीजि कार्यक्रम भव्य सफलता सहित विधाई गर्नुभएको थियो ।
तीजि कार्यक्रमको सन्दर्भमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर अन्तर्गतका चारवटा एरिया सम्मेलनको घोषणा भएको छ ।
मुदलियर पेट एरिया समिति :
अध्यक्ष – सुर्य गायक, उपाअध्यक्ष- शिव गायक, सचिव रवि पौडेल, सहसचिव- रेखा गायक, कोषाध्यक्ष – भद्र बहादुर जिसी, सदस्यहरूमा विनोद गायक, सरस्वती गायक, राजु गायक, संझना गायक, बैकल्पिक सदस्य- माया गायक, लक्ष्मि गायक, सल्लाहकार सदस्य- सितल गायक, तुलसी गायक रहनु भएको छ ।
मध्य दक्षिण टाउन एरिया :
अध्यक्ष- जमुना शर्मा, उपाअध्यक्ष- हिरा देवि शर्मा, सचिव- मुना दर्लामी, सहसचिव- सविना आचार्य, कोशाअध्यक्ष- विष्णु शर्मा, सदस्यहरू- चन्द्रकान्त शर्मा, हरि आचार्य, सविता विक, जनकराज पौडेल, वैकल्पिक सदस्य- गणेश शर्मा, राजु थापा, सल्लाहकार सदस्य- मुकून्द शर्मा, हिरा शर्मा निर्वाचित हुनु भएको छ ।
उत्तर टाउन एरिया :
अध्यक्ष- बल बहादुर क्षेत्री, उपाअध्यक्ष- गम बहादुर विक, सचिव नारायण जिसी, सहसचिव- उमा क्षेत्री, कोषाध्यक्ष दिल्लीप्रसाद शर्मा, सदस्यहरूमा वम बहादुर क्षेत्री, गोविन्द शर्मा, धन बहादुर परियार, गणेश परियार, बैकल्पिक सदस्यहरू- गणेश केसी, चन्द्र बहादुर लिम्बू, कृष्ण आचार्य, सल्लाहकार- रविन्द्र परियार, गोरख परियार, नन्दकला केसीलाई सम्मेलनले निर्वाचित गरेको छ ।
भिल्लिनूर त्रिभुवनै एरिया :
अध्यक्ष- हरि कार्की, उपाअध्यक्ष- पर्मिला कुवँर, सचिव- राजेन्द्र जिसी, सहसचिव दिपक जिसी, कोषाध्यक्ष खड्क कुवँर, सदस्यहरूमा- अनु जिसी, भगवति कुवँर, डिल बहादुर जिसी, एक स्थान रिक्त रहेको छ । चार वटै एरियाका नामावली नगर अध्यक्ष डिल्ली प्रसाद शर्माले प्रस्तुत गर्नुभएको थियो । नवनिर्वाचित पदाअधिकारीहरूलाई केन्द्रीय सदस्य बालाकृष्ण गायक र चन्द्रकान्त शर्माले बधाई दिनुभएको थियो ।