राजमो नवलपुरको पाँचौँ सम्मेलन, अध्यक्षमा महतरा

कावासोती । राष्ट्रिय जनमोर्चा नवलपुरको पाँचौँ जिल्ला सम्मेलन गिरबहादुर महतराको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति चयन गर्दैै सम्पन्न भएको छ ।

केन्द्रीय सल्लाहकार तथा पूर्व सांसद हरि आचार्यको प्रमुख आतिथ्यमा २०८० असोज ६ गते शनिबार सो सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले गिरबहादुर महतरालाई अध्यक्षमा तथा उपाध्यक्षमा रूपनारायण महतो, सचिवमा मानबहादुर रानाभाट, सहसचिवमा शारदा सापकोटा र कोषाध्यक्षमा लालु खरेललाई चयन गरेको छ ।

त्यस्तै, समितिको सदस्यहरूका होमनाथ पराजुली, शशि पौडेल, केशव रिजाल, डम्मर केसी, सुरज विक, कृष्ण गिरी, टेकराज पौडेल, सूर्य छन्त्याल, मुक्तिराम ढकाल, गिरिकृष्ण अर्याल, विष्णु पाण्डे, लक्ष्मी विक, देवा गिरी, गङ्गा भुजेल, केशरी भट्टराई, ऋषि कँडेल, आनन्द पौडेल र प्रेम भण्डारी रहनुभएको छ ।

सम्मेलनले सल्लाहकारमा दीपक पण्डे, विकाराम चौधरी, जनक तिवारी, गोविन्द सुवेदी, कृष्ण सापकोटा, हुमराज कँडेल र खुमप्रकाश पौडेललाई चयन गरेको छ ।

उद्घाटन कार्यक्रम

सम्मेलनको उद्घाटन प्रमुख अतिथि आचार्यले गर्नुभएको थियो । सो अवसरमा उहाँले मन्तव्य पनि राख्नुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथि राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी हुनुहुन्थ्यो ।

सम्मेलनलाई राजमो केन्द्रीय सदस्यहरू राजेन्द्र ढुङ्गाना, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव प्रेम सापकोटा, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सल्लाहकार तथा जिल्ला अध्यक्ष विष्णु पाण्डे, जातीय समता समाजकी केन्द्रीय सदस्य लक्ष्मी विक र रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष तथा जनप्रतिनिधि कृष्ण गिरीले शुभकामना दिनुभएको थियो ।

उद्घाटन शत्रमा राजमो केन्द्रीय सदस्यहरू भागिरथ शर्मा भट्टराई, घनश्याम न्यौपाने, बेदिलाल सापकोटा, रक्तिमका केन्द्रीय कोषाध्यक्ष मोहराज चालिसे, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य रूपनारायण महतो, राजमो राष्ट्रिय परिषद् सदस्य चन्द्र सापकोटा, मूल प्रवाहका सुदूरपश्चिम क्षेत्रीय महिला संयोजक सीता सापकोटा, अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष गोविन्द अम्माई, राजमो चितवनका कोषाध्यक्ष यादवविलास पन्त, समाजसेवी व्यक्तित्वहरू होमराज कँडेल, खुमप्रसाद पौडेल र डिलाराम कँडेलको आतिथ्य रहेको थियो ।

निवर्तमान जिल्ला अध्यक्ष दीपक पाण्डेको अध्यक्षता तथा गिरबहादुर महताराको सञ्चालनमा अघि बढेको कार्यक्रममा निवर्तमान उपाध्यक्ष विकाराम चौधरी र रक्तिमका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

बन्दशत्र
सोही दिन दिउँसो ४ बजेतिर सम्मेलनको बन्दशत्र सुरु भएको थियो ।

होमनाथ पराजुली, कृष्ण सापकोटा र विष्णु पाण्डेसहितको अध्यक्षमण्डल गठन भई अगाडि बढेको बन्दशत्रमा सर्वप्रथम नगर समितिबाट रिपोर्टिङ प्रस्तुत गरिएको थियो । यसरी रिपोर्टिङ गर्नेहरूमा गैँडाकोटबाट चन्द्र सापकोटा, देवचुलीबाट लालु खरेल, कावासोतीबाट डम्मर क्षेत्री, हुप्सेकोटबाट मानबहादुर लामा र विनयत्रिवेणीबाट नरबहादुर विक हुनुहुन्थ्यो ।

त्यसपछि जिल्ला समितिको सङ्गठनात्मक प्रतिवेदन दीपक पाण्डेले र आर्थिक प्रतिवेदन नारायण देवकोटाले प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन व्यापक छलफलपछि पारित गरेसँगै बन्दशत्रले नयाँ कार्यसमिति चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार