– जनकराज पौडेल
मदुराई, २४ सेप्टेम्वर । दक्षिण भारतस्थित मदुरैमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत मदुरै नगर संगठन समिति निर्माण गरिएको छ ।
मदुरैस्थित नेपाली मजदुरहरू विचमा व्यापक छलफल पछि भेला सम्पन्न भएको थियो । ईश्वर चन्द्र थापाको विशेष पहल र दक्षिण भारत क्षेत्रीय प्रतिनिधि खिमानन्द शर्माको उपस्थितिमा सम्पन्न भेलाले खिम बहादुर विकको अध्यक्षतामा दुई स्थान रिक्त सहित एघार सदस्यीय नगर संगठन समिति निर्माण गरिएको छ : जसमाः उपाध्यक्ष-याम बहादुर धर्ती, सचिव- वीर बहादुर धर्ती, सहसचिव- चिन्तामणी थापा, कोषाध्यक्ष- वेग बहादुर धर्ती, सदस्यहरूमा सुर्य नारायण ठाकूर, मोहन विक, वैकल्पिक सदस्य- मुकून्द पोख्रेल, एक स्थान रिक्त, सल्लाहकारमाः -ईश्वरी चन्द्र थापा र एक स्थान रिक्त रहेको छ ।