काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रमाथि आक्रमण भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले जनयुद्ध गर्नु गल्ती र हिंसा थियो भनेर एक थरीले भड्काउने प्रयास गरिरहेको बताउनुभयो । उहाँले परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्ने बताउनुभयो । उहाँले अराजकतालाई प्रश्रय दिने अभिव्यक्ति नदिन आग्रह गर्नुभयो ।
उहाँले राम्रा काम हुँदाहुँदै पनि समाजमा नराम्रा मात्रै देख्ने परिपाटी रहेको भन्दै यस्तो समस्या समाधान गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेतृत्व भनेको जनताले र इतिहासले आन्दोलन र संघर्षको बीचबाट जन्माउने कुरा भएको पनि बताउनुभयो ।
प्रधानमन्त्री दाहालले दक्षिणपन्थीहरुले देशमा टाउको उठाउने खतरा रहेको बताउनुभयो ।