
हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने उत्तर हैदराबाद नगर समितिको आयोजनामा मूल प्रवाहको ४५औं स्थापना दिबस मनाइएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले सम्बोधन गर्नुभएको थियो । सम्बोधन गर्दै उहाँले मूल प्रवाहको बिगत र बर्तमान, मूल प्रवाहले गरेका काम र त्यसले नेपालीहरूलाई पारेको प्रवाभको बारेमा संक्षिप्त्तमा बताउँदै संगठनमा लागेका मानिसहरूले ब्यक्तिगत रुपमा आफ्नो बौद्धिक बिकास गरेको हुनाले बिश्वबिद्यालय भएको जिकिर गर्नुभयो ।
बुर्जुवा डिग्रीले सुशोभित मानिसभन्दा मूल प्रवाहको स्कुलिङबाट ज्ञान आर्जन गरेका मानिसहरूको क्षमता ब्यबहारिक रुपमा परिपक्व र सामाजिक र राजनैतिक रुपमा बढी जिम्मेवारिपुणर् रहेको तर्क प्रस्तुत गर्नुभयो । त्यस्तै संगठनलाई प्रयोग गरि आफ्नो ब्यक्तिगत इगो र स्वार्थ पूरा गर्न लाग्नेहरूले बास्तवमा प्रवासी नेपालीहरूको हकहित र अधिकारको पक्षमा काम गर्न नसक्ने बताउनुभयो ।
त्यस्तै संगठनको ४४औं बर्ष अत्यन्तै गौरबशाली तर विभिन्न प्रकारका आरोह अबरोहहरू पार गर्दै आइरहेको सन्दर्भमा भोलिका दिनमा अझ सक्रियतापुर्बक काम गर्दै संगठनको बिकास गर्नुपर्ने बारेमा बताउनुभयो ।
कार्यक्रममा क्षेत्रीय सदस्य पर्शुराम शर्मा, सुर्य बहादुर थापाले सम्बोधन गर्नुभएको थियो । त्यस्तै शुभकामना दिने अन्य बक्ताहरूमा महिला क्षेत्रीय बिभागकी सीता थापा, जमुना पौडेल, यसोदा न्यौंपाने, देबि शर्मा, कमला शर्मा, मूल प्रवाह नगर समितिका प्रताप शर्मा जिज्ञासु, नगर महिला बिभागकी अमृता कान्छी लगायतका बक्ताहरूले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता नगर समितिका अध्यक्ष मोहनलाल शर्मा, सञ्चालन बिजुला शर्मा र वीर सहिदहरूप्रति एक मिनेट मौनधारण पछि स्वागत मन्तब्य नगर समितिका सदस्य नरेन्द्र शर्माले राख्नुभएको थियो ।















