पाण्डिचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिले कार्यक्रमको आयोजनामा संगठनको ४५औं स्थापना दिवश भव्य रुपमा सम्पन्न गरेको छ ।
भद्र बहादुर जिसीको अध्यक्षता र गोविन्द शर्माको सञ्चालन रहेको उक्त कार्यक्रममा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य साथै दक्षिण भारत क्षेत्रिय सचिव जनकराज पौडेल प्रमूख अथिति रहनु भएको थियो । त्यस्तै केन्द्रीय सदस्य भगवति कुवँर र चन्द्रकान्त शर्माको कार्यक्रममा आथित्यता रहेको थियो ।
शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पश्चायत उपस्थित जनमानसहरुलाई नगर सदस्य खड्क बहादुर कुवँरले शब्दद्धारा स्वागत गर्नु भएको थियो । प्रमूख अथिति पौडेलले संगठनको गौरवमय ईतिहास र संगठित हुनु पर्ने आवाश्यकता साथै संगठनले निर्वाह गर्दै आएको भुमिका बारे धारणा राख्नु भएको थियो ।
अन्य अथितिहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बारे प्रष्ट्याउँदै संगठनमा आउने तमाम प्रकारका अराजक र अवसरबादी प्रवृतिहरुलाई परास्त पार्न वैचारिक क्षमताको विकासमा जोड दिनुभएको थियो।
नगर सदस्य गम बहादुर विक, रवि शर्मा, महिला विभाग संयोजक जमूना शर्मा, नगर सदस्य साथै उत्तर टाउन एरिया अध्यक्ष बल बहादुर क्षेत्री, सदस्य बम बहादुर केसी, मध्य दक्षिण टाउन उपाअध्यक्ष हिरा देवि शर्मा, सदस्य गणेश पौडेल, मुदलियर पेट एरिया उपाअध्यक्ष शिव गायक, सदस्य शितल गायकहरुले संगठनप्रति धारणा राख्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।