राजमो-रक्तिमको प्रगतिशील देउसीभैलो १५ जिल्लामा सम्पन्न (फोटो फिचर सहित)

काठमाडौँ । राष्ट्रिय जनमोर्चा र रक्तिम सांस्कृतिक अभियानको आयोजनामा देशैभरि प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । २०८० कात्तिक २४ गतेदेखि सुरु भएको उक्त कार्यक्रम मङ्सिरको पहिलो हप्तासम्म चलेको थियो ।

देशव्यापी भैलो कार्यक्रमको आयोजक कतै राजमोको केन्द्रीय समिति रहेको थियो भने कतै रक्तिमको केन्द्रीय समिति । त्यसैगरी, कैयौँ स्थानमा राजमो र रक्तिमका जिल्ला समिति आयोजक रहेका थिए । एवम् प्रकारले कतिपय जिल्लामा पालिका स्तरका राजमो र रक्तिमका समिति आयोजक रहेका थिए ।

रक्तिमको सांस्कृतिक प्रस्तुति तथा राजमोको वैचारिक अन्तरक्रियासँगै अगाडि बढेको प्रगतिशील भैलोमा पनि विविधता थियो । धेरैजसो स्थानमा रक्तिमका विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । त्यस क्रममा गीत, स·ीत र नृत्य प्रस्तुत गरियो छ भने कतै मोबाइल भैलो सञ्चालन भएको थियो । कतै भने राजनीतिक भेटघाट, घरदैलो र अन्तरक्रियासँगै भैलो सम्पन्न भएको थियो ।

प्रगतिशील देउसीभैलोसम्बन्धी उपर्युक्त गतिविधिको सङ्क्षिप्त रिपोर्ट हामी यहाँ प्रस्तुत गरिरहेका छौँ ।

काठमाडौँ
काठमाडौँमा राजमो र रक्तिम जिल्ला समितिको आयोजनमा कात्तिक २६ गतेदेखि प्रगतिशील भैलो सम्पन्न भएको थियो ।

कार्यक्रममा वामपन्थी नेता आनन्द शर्मा, रक्तिमका महासचिव हेमराज आश्रम, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनलगायतको नेतृत्वमा टोली क्रियाशील थियो । करिब दुई दर्जनजतिको सहभागितामा सञ्चालित उक्त कार्यक्रम बिहान ८ बजेदेखि राती १२ बजेसम्म सञ्चालन भएको थियो ।

टोलीले नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सर्वोच्च अदालतकाम पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ, नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठसहितका चर्चित व्यक्तित्वकहाँ पुगेर भैलो खेलेको थियो । भैलोको समापन नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको विशेष उपस्थितिमाझ राजमो केन्द्रीय कार्यालय कपनमा कात्तिक ३० गते भएको थियो ।

कपिलवस्तु
कपिलवस्तुमा रक्तिम केन्द्रीय समितिको आयोजनमा राजमो कपिलवस्तुको सक्रियतामा कात्तिक २६ गतेदेखि ३० गतेसम्म प्रगतिशील देउसीभैलो सम्पन्न भएको थियो ।

राजमो जिल्ला सचिव केरसिंह अदैका अनुसार कपिलवस्तुको खरेन्द्रपुरमा उद्घाटन भई सुरु भएको उक्त कार्यक्रम जिल्लाव्यापी रूपमा सम्पन्न भएको थियो ।

टोलीमा रक्तिमका अध्यक्ष गिरिप्रसाद बुढा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का उपाध्यक्ष शिव पौडेल, राजमो जिल्ला अध्यक्ष रामप्रसाद बेलबासे, सचिव केरसिंह अदैलगायतका नेताहरूको नेतृत्व रहेको थियो ।

रुपन्देही
रुपन्देहीमा राजमो केन्द्रीय समितिको आयोजना तथा राजमो रुपन्देहीको सक्रिय सहयोगका साथ प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको थियो । कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यका अनुसार कार्यक्रममा रक्तिम पूर्व केन्द्रीय सदस्य तेजेन्द्र थापाको नेतृत्वमा जिल्ला समितिको कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापा, राजमो केन्द्रीय सदस्य इन्दिरा ज्ञवाली, राजमो सल्लाहकार बद्रे आलम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष आचार्य, राजमो जिल्ला अध्यक्ष टानबहादुर केसीलगायतको नेतृत्वमा त्यहाँ अभियान सञ्चालन भइरहेको छ ।

कात्तिक २७ गतेदेखि सुुरु भएको त्यहाँको देउसीभैलो मङ्सिर ४ गते राजमो अध्यक्ष चित्रबहादुर केसीको उपस्थितिमा आयोजित औपचारिक कार्यक्रममाझ समापन भएको थियो । त्यस क्रममा बुटवल, तिलोत्तमा, भैरहवा, सियारी, सैनामैना, कञ्चन पालिकामा भैलो खेलिएको थियो ।

बागलुङ
बागलुङमा राजमो र रक्तिमका पालिका समितिहरूको आयोजनमा प्रगतिशील देउसीभैलो खेलिएको थियो । त्यहाँ प्रत्येक पालिकाले आफूअनुकूलका निणर्य गरेर कार्यक्रम सञ्चालन गरिएको छ । त्यहाँ कतै कात्तिक २५ गतेदेखि त कतै कात्तिक २६ गतेदेखि देउसीभैलो सुरु भएको थियो ।

राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डेका अनुसार बागलुङका गलकोट, ढोरपाटन, बडिगाड, जैमिनी र निसीखोला पालिकाहरूमा प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भएको थियो । भैलोमा राजमो र रक्तिमका जिल्ला तथा स्थानीय नेतृत्व र कलाकारहरूको सहभागिता रहेको थियो ।

प्युठान
प्युठानमा पालिका स्तरमा प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भएको थियो । राजमो प्रदेश अध्यक्ष बमबहादुर खत्रीका अनुसार प्युठानमा मल्लरानी, स्वर्गद्वारी, झिमरुक र प्युठान पालिकामा भैलो खेलिएको थियो ।

राजमो र रक्तिमका पालिका समितिको आयोजनामा सम्पन्न गरिएको देउसीभैलोमा रक्तिमका कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहेको थियो ।

मल्लरानीका विभिन्न वडाा प्रगतिशील देउीभैलो खेलिएको थियो । यता, स्वर्गद्वारीका १, २, ४, ८ लगायत विभिन्न स्थानमा पनि भैलो खेलिएको थियो ।

त्यस्तै, झिमरुक गाउँपालिकाको ३ र ७ नम्बर वडामा विभिन्न गाउँमा देउसीभैलो कार्यक्रम सम्पन्न भएको थियो भने प्युठान नगरपालिकाको वडा नं. ५ मा पनि भैलो कार्यक्रम सम्पन्न भएको थियो ।

स्वर्गद्वारीको टोलीले कात्तिक ३ गते आइतबार राजमो जिल्ला सल्लाहकार तथा भूमि आयोग प्युठानका अध्यक्ष इमानसिंह खड्काको उपस्थितिमा आयोजित औपचारिक कार्यक्रममाझ भैलो कार्यक्रमको समापन गरेको थियो ।

अर्घाखाँची
अर्घाखाँचीमा मोबाइल भैलो सम्पन्न भएको थियो । राजमो केन्द्रीय सदस्य सागर केसीका अनुसार राजमोका पालिका समितिहरूको आयोजनमा भैलो कार्यक्रम सम्पन्न भएको हो ।

नेता केसीका अनुसार भूमिकास्थान नगरपालिकाका सबै वडामा मोबाइल भैलो निरन्तर सञ्चालन भएको थियो । त्यस्तै, जिल्लाको मालारानी गाउँपालिकामा राजमोको आयोजनामा भैलो कार्यक्रम सम्पन्न भएको थियो ।

सदरमुकाम सन्धिखर्कमा भने मङ्सिर ५ देखि ७ गतेसम्म प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ । त्यहाँ एकादशीको अवसर पारेर भैलो कार्यक्रम सम्पन्न गर्ने प्रचलन रहेको छ ।

गुल्मी
गुल्मीमा कात्तिक २७ गतेदेखि प्रगतिशील देउसीभैलो कार्यक्रम सुरु भएको छ । राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीका अनुसार कालिगण्डकी गाउँपालिकाबाट भैलोको सुरुआत भएको हो ।

राजमो गुल्मी आयोजक रहेको उक्त कार्यक्रममा जिल्ला अध्यक्ष क्षेत्रीका साथै अखिल नेपाल जनजाति सम्मेलनका कोषाध्यक्ष गुमानसिंह पुन, जिल्ला समन्वय समिति गुल्मीकी सदस्य नरमाया थापा, रक्तिमकी नेतृ उषा थापालगायतको नेतृत्व रहेको थियो । भैलोको समापन मङ्सिर ३ गते कालिगण्डकी गाउँपालिकामा समापन गरिएको थियो ।

दाङ
दाङमा पालिकास्तरमा प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको थियो । अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष काशिनाथ पोखरेलका अनुसार त्यहाँ कात्तिक २७ गतेदेखि भैलो कार्यक्रम सुरु भएको थियो ।

मङ्सिर २ गतेसम्म चलेको उक्त भैलो कार्यक्रमका आयोजक राजमो र रक्तिमका पालिका समितिहरू रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार दाङका घोराही, तुलसीपुर, राप्ती र गढवा पालिकामा प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भएको थियो ।

चितवन
चितवनमा पाँचदिने कलाकार प्रशिक्षणसँगै प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भएको छ । राजमो केन्द्रीय सदस्य डमर पुरीका अनुसार त्यहाँ कात्तिक २४ गतेदेखि नै भैलो कार्यक्रमको सुरुआत भएको थियो ।

आगामी मङ्सिर १ गतेसम्म चलेको उक्त कार्यक्रम भरतपुर महानगरपालिकासँगै कालिकानगर, रत्ननगर, लक्ष्मिपुर, चनौलीलगायतका स्थानमा सञ्चालन भएको छ ।

राजमो र रक्तिम जिल्ला समिति आयोजक रहेको सो भैलोमा केन्द्रीय सदस्य पुरी, रक्तिमका उपाध्यक्ष मोहराज चालिसे, रक्तिमकी नेतृ देवी शर्मा, राजमो जिल्ला अध्यक्ष अमर क्षेत्रीलगायतको नेतृत्व रहेको थियो ।

नवलपुर
नवलपुर अर्थात् नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा राजमो र रक्तिम जिल्ला समितिको आयोजनामा प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको थियो । राजमो गण्डकी प्रदेश सदस्य चन्द्र सापकोटाका अनुसार नवलपुरमा भैलो कार्यक्रम कात्तिक २६ गतेदेखि सुुरु भएको थियो भने कात्तिक ३० गतेसम्म कार्यक्रमको समापन भएको थियो ।

रक्तिमका कलाकारसमेतको सहभागिता रहेको भैलो कार्यक्रम हुप्सेकोटबाट सुरु भएको थियो । सो कार्यक्रम गैँडाकोटका विभिन्न स्थान हुँदै अन्य विभिन्न स्थानमा पुगेको आयोजकले बताएको थियो ।

कार्यक्रममा राजमो प्रदेश सदस्य सापकोटाका साथै अखिल नेपाल टे्रड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालकिराम सापकोटालगायतको नेतृत्व रहेको थियो ।

नवलपरासी
नवलरासी (बर्दघाट सुस्तापश्चिम) मा कात्तिक २७ गतेदेखि प्रगतिशील देउसीभैलो सञ्चालन भएको थियो । राजमो लुम्बिनी प्रदेश सदस्य तिलक सुवेदीका अनुसार सुनवलका वडा नम्बर १, ४, १०, ३, ५ लगायत अन्उ विभिन्न स्थानमा भैलेको थियो ।

राजमो र रक्तिमका जिल्ला समिति आयोजक रहेको उक्त कार्यक्रममा सुवेदीका साथै रक्तिमका पूर्व अध्यक्ष रेम राना, रक्तिमकै अशोक पुन, राजमो जिल्ला अध्यक्ष किसनबहादुर अधिकारी, जिल्ला सदस्य जितबहादुर पौडेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता धनपति सापकोटा, अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष सम्झना सुवेदी, जिल्ल समितिकी मनरूपा रानालगायतको नेतृत्व रहेको थियो ।

कास्की
कास्कीमा रक्तिम जिल्ला समितिको आयोजनमा प्रगतिशील भैलो कार्यक्रम सञ्चालन भएको थियो । अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीका अनुसार त्यहाँ कात्तिक २७ गतेदेखि भैलो सुरु भएको थियो । तिहारपछि सम्म खेलिएको उक्त देउसीभैलोमा अधिकारीका साथै तमबहादुर रोका, राजमो विभिन्न नेता र रक्तिमका जिल्ला नेतृत्वको सहभागिता रहेको थियो । सो कार्यक्रम पोखराको हेम्जा हुँदै विभिन्न स्थानमा सम्पन्न भएको थियो ।

पर्वत
पर्वतमा रक्तिम जिल्ला समितिको आयोजनमा तथा राजमो फलेबास नगर समितिको सक्रिय सहयोगमा प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन भएको थियो । राजमो नेता बुद्धि गौडेलका अनुसार पर्वतको फलेबासमा देउसीभैलो कार्यक्रमको उद्घाटन कात्तिक २७ गते भएको थियो । सो कार्यक्रम कात्तिक २९ गते समापन भएको थियो ।

रक्तिमका जिल्ला अध्यक्ष राजेश भुसाल, राजमो नेताहरू गौडेल, इन्द्रकान्त शर्मा, डोलनाथ भुसाललगायतको नेतृत्वमा सो कार्यक्रम सम्पन्न भएको थियो । टोलीले फलेबास नगरपालिकाको वडा नम्बर ६ र ४ का विभिन्न स्थानमा भैलो कार्यक्रम सम्पन्न गरेको थियो ।

सुर्खेत
कर्णाली प्रदेशको सुर्खेतमा प्रगतिशील देउसीभैलो कार्यक्रम सम्पन्न भएको थियो । राजमो नेता रत्नविक्रम प्यासीका अनुसार सुर्खेतको लेकफर्सामा सो कार्यक्रम सम्पन्न भएको थियो । रक्तिम लेकबेसी पालिकाको सक्रियतामा सुरु भएको सो कार्यक्रममा राजमोका स्थानीय नेताहरूको पनि सहभागिता रहेको जानकारी प्राप्त भएको छ ।

बारा
बारामा राजमो केन्द्रीय प्रतिनिधि हरिकान्त शर्माको नेतृत्वमा जनभेटघाटसहितको भैलो कार्यक्रम सञ्चालन भएको थियो । नेता शर्माका अनुसार कात्तिक २६ गते साँझदेखि बाराका डुमरवाना, रजकट्ठा, अमरा, हात्तिसार, सिमराका विभिन्न स्थानमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

‘तिहारको शुभकामना कार्ड वितरण गर्दै हामी जनताका घरदैलोमा भेटघाट, अन्तरक्रिया गर्दै हिँडेका थियौँ’ राजमो नेता शर्माले युगदर्शनसित भन्नुभयो- ‘भैलोको अवसर पारेर हामीले समसामयिक राजनीतिक विषयमा अन्तरक्रिया पनि गरेका थियौँ ।’

टोलीमा राजमो मधेस प्रदेश अध्यक्ष शेरबहादुर कार्की, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य धर्मानन्द सुवेदी, राजमो नेताहरू हेमलाल पौडेल, रमेश भट्टराईलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार