
कृष्ण पचभैया
भोपाल, मध्य प्रदेश । मूल प्रवाह अखिल भारत नेपाली समाज भोपाल नगर समितिद्वारा संचालित बर्ष २०८० को जनवादी देउसी भैलो नोभेम्बर १३, १४ र १५ तिन दिनसम्म भोपालमा बसोबास गर्ने नेपालीहरुको घर दैलोमा पुगी खेलिएको थियो । २३ नोभेम्बर २०२३ एकादशीको दिन सम्पूणर् कलाकारको साथ सभा भवनमा घरदैलोमा छुटेका जनता तथा मूल प्रवाह भोपाल नगर समिति अन्तर्गत सम्पूणर् सदस्यहरुलाई निमन्त्रणा गरि देउसी भैलो खेलिएको थियो । त्यसै दिन बर्ष २०८० को देउसी भैलो समापन पनि गरिएको थियो।
श्रीमती सोनु थापाको सञ्चालन र नगर समिति अध्यक्ष्य रमेश रानाको अध्यक्ष्यताबाट अगाडि बढेको सो कार्यक्रममा मध्य-उत्तर भारत क्षेत्रीय समिति सचिव नारायण सापकोटा र क्षेत्रीय समिति कै लक्ष्मी रोकाको आतित्थ्यता रहेको थियो ।कार्यक्रमको उद्घाटन नारायण सापकोटाले गर्नुभएको थियो तथा ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेटको मौनधारण गरि उपस्थित जनलाई स्वागत भाषण अर्जुन जीएमले गर्नुभएको थियो।
उक्त कार्यक्रममा रक्तिमका कलाकारहरुले विभिन्न गित-नृत्य प्रस्तुत गरेका थिए ।
















