विकाश मल्लठकुरी
भिवानी, २६ नोवेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी प्रगतिशील देउसी भैलो कार्यक्रम भब्य र सानदार रुपमा सम्पन्न गरेको छ ।
मोहन सिंह बिकको अध्यक्षता र भुवन भण्डारीको सञ्चालनमा कार्यक्रम अगाडि बडेको थियोे । मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यता र केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष सालिकराम आचार्य, मूल प्रवाह नगर संस्थापक तथा केन्द्रीय परिषद् सदस्य बिबि कोपिला, मूल प्रवाह नगर संगठन समिति चर्खी दादरीका अध्यक्ष कबिर किक, नेपाली एकता समाचार नगर संवाददाता बिकाश मल्ल, मूल प्रवाह नगर समिति देउसीभैलो परिचालनका संयोजक मनिराम अधिकारी, तसिल तोसामका प्रोफेसर डा. बिनोद भण्डारी, मूल प्रवाह क्षेत्रीय महिला बिभाग सदस्य हस्तुदेबि बिकले अतिथि आसन ग्रहण गर्नुभए थियोे ।
चिर परिचीत शहिदहरुको सम्झानामा एक मिनेट मौनधारणा राख्दै उपस्थिति जनमानसलाई नगर सचिव भिम बहादुर रायमाझीले शब्दबाट स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथि ठाकुर खनालले भैलोको कला सांस्कृतिकमा नेपालीहरुको विरगाथा बोकेको बताउनु भएको थियो । ‘नेपाली संस्कृतिले समाजमा भैरहेको घटनाको वणर्न पाइन्छ ।’ वहाँले बताउनु भयो- ‘हामीले कला संस्कृति संरक्षण मात्रै होइन त्यसलाई प्रगतिशील जनवादी सांस्कृतिक आन्दोलनको अगाडि बढाउँदै अहिले अवस्थामा गणतन्त्र र राष्ट्रियताको रक्षासंग जोडेर लैजानु पर्ने आवश्यकता छ ।’
त्यस्तै अतिथिहरुले भारत प्रवासमा मूल प्रवाहको महत्व, आवश्यकता र समाजले खेल्दै आएको भुमिका तथा एकताको बारेमा प्रष्ट पार्नु भएको थियोे ।
देउसी भैलो आयोजक समितिले १३ तारीख भिवानीमा, १९ तारीख तोसाममा आफ्नो प्रगतिशील भैलो कार्यक्रम प्रस्तुत गरेको थियोे । देउसी भैलो टिमबाट चोप बहादुर पाण्डेले सहयोगीहरुको नामवली बाचन गर्नु भएको थियोे । सहयोग गर्नुहुने सम्पुणर्लाई भैलो आयोजक समितिले बधाई तथा शुभकामना ब्यक्त गरेको थियोे ।
उक्त देउसी भैलो टिमका कलाकार भाइ बहिनीहरुलाई केन्द्रीय अध्यक्ष ठाकुर खनालको हातबाट नगर समिति भिवानीको उपहार पर्दान गरि बधाई दिनु भएको थियो ।