भौतिकवादी समाज नेपालको काठमाडौँ उपत्यका भेला

काठमाडौँ । भौतिकवादी समाज नेपालको काठमाडौँ उपत्यकास्तरीय भेला सम्पन्न भएको छ ।

समाजका केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीको अध्यक्षता र केन्द्रीय सदस्य बलराम दाहालको सञ्चालनमा २०८० मङ्सिर ९ गते शनिबार सो भेला सम्पन्न भएको हो ।

आरआर क्याम्पस प्रदर्शनी मार्ग काठमाडौँको पत्रकारिता हलमा सम्पन्न उक्त गोष्ठी सम्पन्न भएको थियो ।

भेलाले रामदेव पाण्डे अध्यक्ष रहनुभएको समाजको उपत्यका तदर्थ समिति चयन गरेको छ । छ जना सदस्य पछि पूर्ति गर्ने गरी गठन गरिएको १३ सदस्यीय उक्त समितिको अन्य सदस्यहरूमा रामएकवाल यादव, लिजा तामाङ, ब्रिजेन थापा, तारा गाउँले, फूलमती र अर्जुन मझकोटी रहनुभएको छ ।

भेलाको पहिलो खुलासत्रमा “भौतिकवादी समाजको आवश्यकता” विषयक गोष्ठीको आयोजना गरिएको थियो । कार्यपत्रमाथि टिप्पणी र अन्तरक्रियासहितको उक्त कार्यक्रम समाजका केन्द्रीय सदस्य रविप्रसाद गुरागाईंको संयोजकत्व रहेको थियो ।

केन्द्रीय सदस्य बलराम तिमिल्सिनाको सहजीकरणमा सञ्चालित उक्त गोष्ठीमा समाजका केन्द्रीय सचिव सुवास पाण्डेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि गौरी देवकोटा दाहाल र धनकुमारी सुनारले टिप्पणी गर्नुभएको थियो । अन्तरक्रियामा राखिएका जिज्ञासा र प्रश्नको उत्तर सचिव पाण्डेले दिनुभएको थियो।

गोष्ठीको सुरुमा कार्यक्रमको औचित्यबारे प्रष्ट पार्दै समाजका केन्द्रीय अध्यक्ष श्रमजीवीले समाजको आवश्यकता र केन्द्रीय समिति गठनबारे विचार राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार