रोहतकमा २०८० भैलो कार्यक्रम समापन

धर्म सुनार प्युठानी

रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिले २०८०को देउसीभैलो कार्यक्रम समापन गरिएको छ ।

कार्यक्रम धर्म सुनारको सञ्चालन नगर समितिका अध्यक्ष सुभाष गौतमको अध्यक्षताबाट अगाडि बढेको थियो । मजदुर वर्गको हकहितको संरक्षणको लागि सहादत हुनुभएका शहिदहरुप्रति एक मिनेटको मौनधारण पछि कार्यक्रममा सहभागिहरुलाई नगर सदस्य सोनिया बेलवासेले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष सालिकराम आचार्यको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै क्षेत्रीय सदस्य गोवर्धन विक, रेसम विक, राजमो कपिलवस्तु सदस्य एंव शिवराज नगरपालिका समता समाजका अध्यक्ष मोहनसिंह विक, समता समाज लुम्बिनी प्रदेशका कोषाध्यक्ष खुमबहादुर विक, नगर महिला संयोजक सिता परियारले अतिथी आसन ग्रहण गर्नुभएको थियो ।

रोहतक नगर समिति अन्तर्गत पुनर्गठन गरिएका टोल समितिको घोषणा रेसम विकले गर्नुभएको थियो ।

आदर्श नगर टोल समिति
अध्यक्ष- सन्तोष जिसी, सचिव- कल्पना सुनारी मगर, कोषाध्यक्ष- खेमबहादुर सुनारी मगर, सदस्यहरू क्रमशः तुलसी जिसी, भरत सुनार, कृष्ण न्यौंपाने, जोरमणी राई, बिर बहादुर विक, सुरज सुनार र दुई स्थान रिक्त रहेको छ ।

सुखपुराचोक टोल समिति
अध्यक्ष- राजु सुनार, सचिव- बिना विक, कोषाध्यक्ष- सुसिला सुनार, सदस्यहरू क्रमशः कमला सुनार, पुष्पा सुनार, बिष्णु कुमाल, विककी सुनार, शरद चौधरी, संजय सुनार, बिमला चौधरी एक स्थान रिक्त रहेको छ ।

कार्यक्रममौ प्रमुख अतिथि सालिकराम आचार्य, अतिथि गोवर्धन विक, खुमबहादुर विक, मोहन सिंह विकले मन्तव्य राख्नुभएको थियो । वक्ताहरूले मूल प्रवाहमा आवद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै सिविल लाईन एरिया अध्यक्ष विक्की परियार, सिटी एरियाबाट डिलाराम भट्टराई, सुखपुराचोक टोल समितिका राजु सुनार, सुभाष नगर टोल समितिका चन्दन परियार, आदर्श नगर टोल समितिका अध्यक्ष सन्तोष जिसी, अस्तलवोर टोल समितिका मिना चौधरी, दुर्गाकालोनी टोल समितिका अध्यक्ष कमला खत्री लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार