श्रीमानलाई छाडेर फरार भएकी महिलालाई मूल प्रवाहले भेटायो

हैदरावाद । श्रीमान-श्रीमतिको नाता र सम्बन्ध समाज र समरचनाको आधार हो त्यही आधार र जगमा सामाजिक अस्तित्व धानिएको हुन्छ । जसलाई आपसी माया, सद्भाव र बिश्वासले परिस्कृत गरिएको हुन्छ । जसबाट जीबनका अबयबहरु, अप्ठ्याराहरु, दुःख र कष्टहरु तथा विभिन्न प्रकारका बाधा र ब्यबधानहरुलाई संगै मिलेर पन्छाउँदै सुखद भबिस्यको कल्पना गरिएको हुन्छ । अर्थात पारिबारिक जिम्मेवारी निभाउने र सामाजिक अस्तित्व कायम गर्नको लागि महिला पुरुष अर्थात श्रीमान र श्रीमतीको बराबरीको उत्तरदायित्व रहेको हुन्छ । तर, कतिपय दम्पतिको बिचमा यस्तो भुमिका रहने गर्दैन कहिँ पुरुषले महिलालाई धोका दिएको हुन्छ भने कहिँ महिलाले पुरुषलाई ।

यसरी धोका दिनेक्रममा उनीहरुले आफ्नो इज्जत, नैतिकता, जिम्मेवारी, हैसियत र उत्तरदायित्व बिर्सने गर्दछन् । कतिपयले विभिन्न प्रकारका प्रलोभनमा परि अन्जानमा त्यसो गर्न पुग्छन् भने कतिपयले नियतबस एकापसको भाबनात्मक सम्बन्धलाई कुल्चेर सृष्टि बिगार्ने रौद्ररुप ग्रहण गर्दै सम्बेदनाहिन पुगेका हुन्छन् । यस्तो कुकर्म गर्ने एक नेपाली महिला हैदरावादमा भेटिएकी छिन् ।

गैंडाकोट नगरपालिका वडा न १३ मुकुन्दपुर घर भएका कुन्ज (फेरिएको नाम) आफ्नी श्रीमती कौशिला (फेरिएको नाम) साथमा ४ बर्षकी छोरी सहित हैदराबादको फत्तेहनगरमा रहँदै आएका थिए । आफ्नो क्षमता अनुसारको नोकरी गरि घरजम राम्रोसँग चलेको जस्तो देखिन्थ्यो । कौशिला पनि एउटा होटेलमा सहयोगी काम गर्दथिन । होटेलमा काम गर्दागर्दै होटेलको मेनेजरसँग हिमचिम चलेको उनका श्रीमान बताउँछन् । श्रीमानका अनुसार घरमा रहेको समयमा पनि फोनमा ब्यस्त रहिरहने अनि श्रीमानले सोधपुछ गर्दा झर्किने, सिधा कुरा नगर्ने, रिसाउने जस्ता गतिविधि गर्दै आइरहेकी थिइन् ।

यस्तै शिलशिला चल्दै गर्दा बिगत ५/६ दिन पहिले उनी ४ बर्ष कि अबोध छोरीलाई लिएर घरबाट फरार भएको र आफू पुलिस थानामा गएर रिपोर्ट गर्दा पुलिसले नसुनी उल्टै हप्काएर पठाएको रिपोर्ट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्राप्त भएपछि क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल र कोषाध्यक्ष घनश्याम शर्माको बिचमा आबस्यक सर सल्लाह गरि घनश्याम शर्मा ८ डिसेम्बर २०२३ का दिन पिडित कुन्ज र उनका दाजुलाई लिएर बालानगर पोलिस चौकीमा पुग्नुभएको थियो ।

पुलिस प्रशासन समक्ष रिपोर्ट गरि लामो बार्तालाप पछि कौशिलाको व्यबहार र पीडितको अनुमानको आधारमा पुलिसले होटेलको मेनेजरलाई गिरफ्तार गरेर पुलिस चौकिमा ल्याइएको थियो । उसलाई केरकार गरेपछि अन्ततः उसले आफुले लगेर राखेको स्वीकार गरेको थियो । त्यही होटेलको मेनेजरको योजनामा भागेर सुराराम भन्ने ठाउँमा रब ७/८ किलोमीटर टाढाको दुरिमा कोठा खोजेर राखेको रहेछ । न्यायीक पक्षमा विभिन्न कोणबाट बार्ता पश्चात अर्काको घरबार बिगार्नेलाई मुद्दा हालेर जेल पठाउनु पर्ने माग मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राखेको थियो । तर, यति गर्दा पनि कौशिलाले म्यानेजरलाई छाड्न नसक्ने अनि म्यानेजरले कौशिलालाई छाड्न नसक्ने अभिव्यक्ति दिएका थिए । जतिसुकै प्रयत्न गर्दापनि कौशिलाले म्यानेजरलाई छाड्न नसक्ने कुरा गरेपछी कानुनी प्रक्रियासँग जोडिएका कडिहरु फुकाउन तत्कालै नेपाल जाने र कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने सहमतिको पत्र मूल प्रवाहको रोहबरमा प्रशासनले गरेको छ । यसैका आधारमा अगाडिको कार्यबाही आगाडि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार