सम्पर्कबिहिन भएका पेसमान पुनमगरको खोजी गरौं

जिल्ला रोल्पा लुङ्ग्री गाउँपालिका १ पाङ घर भएका बलु पुन मगरका १५ बर्सीय छोरा पेसमान पुनमगर यही डिसेम्बर ३ तारिक २०२३ का दिन हैदराबाद आएका थिए । होटेलमा नोकरी लाग्ने भनी ६ डिसेम्बेरका दिन उनी कोन्डापुरस्थित एक होटेलमा पुगेका थिए, होटेलको मालिकले उमेर नपुगेकोलाई नोकरी नदिने भएपछी उनी जुब्लिहिल्स जानेक्रममै कोन्डापुरबाटै सम्पर्क बिहिन छन, तत्पश्चात जुब्लिहिल्स पुलिस थानामा रिपोर्ट दर्ज गराइसकिएको पनि आफन्तजनबाट जानकारी आएको भएता पनि अहिलेसम्म कहिँ कतैबाट उनी सम्पर्कमा आउन सकेका छैनन् ।

भरखरै नेपालबाट आएको हुँदा उनी हिन्दी बोल्न पनि जानेका छैनन् र सम्पर्कको लागि उनिसँग मोबाइल पनि रहेको छैन । गहुँगोरो अनुहार र करिब ४.५ फिट उचाई भएका निज पेसमान पुन मगरलाई देख्नु हुने, भेटाउनु हुने महानुभाबले पेसमानको बुवा बलु पुन सम्पर्क न 9908095735, रबि पुन सम्पर्क न 6309349383 र मोहन घर्ती सम्पर्क न 9177955526 वा नजिकको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यालय एवं नजिकको प्रहरी बिटमा जानाकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार