राजीनामा दिँदै हरिबोलले भने : सिंहदरबार पञ्चायतकाल भन्दा फरक रुपमा चल्न सकेन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गजुरेलले राजीनामा दिएको उनको अभिव्यक्तिले स्पष्ट पारेको छ ।

गजुरेलले मंसिर २० गते राजीनामा दिएका छन्। तर, अहिलेसम्म उनको राजीनामा स्वीकृत भइसकेको छैन।

हरिबोलको राजीनामालाई लिएर माओवादी केन्द्रमा खैलाबैला मच्चिएको छ । उनले राजीनामामा केही गम्भीर विषय उल्लेख गरेको बताएका छन्।

आफूले नीतिगत रुपमा असहमति जनाएर राजीनामा दिएको उनले बताए ।

आफ्नो राजीनामाबारे गजुरेलले सञ्चारकर्मीसँग भनेका छन्, ‘माओवादी नेतृत्वको सरकार पछिल्ला दिन किन बलियो देखिएन रु हिजो हामीले सरकारलाई बलियो बनाउन भूमिका खेल्यौँ। अहिले राम्रो बनाउने वातावरण नभएपछि राजीनामा दिएँ। अहिले सरकारमा बसेर पनि जनतामा बढेको निरासा हटाउन सकिने अवस्था छैन।’

उनले सरकारको कार्यशैली पञ्चायतकालभन्दा फरक नभएको बताएका छन् । सरकारले जनताको पक्षमा काम गर्न नसेकोको उनको भनाई छ । ‘सिंहदरबार पञ्चायतकालभन्दा फरक रुपमा चलेको छैन। कर्मचारी प्रशासन त्यस्तै छ’ उनले भने, ‘ जनताको पक्षमा जति काम हुनुपथ्र्यो भएका छैनन् ।’

आफूले केही नीतिगत व्यवस्था गर्ने योजना बनाएपनि सहयोग गर्ने वातावरण नबनेको उनले बताए ।

उनले भने, ‘मुख्य कुरा सरकारलाई काम गर्ने दिशामा लैजान सक्ने अवस्था बनेन। जता लैजान खोजेको हो त्यो बाटो नै हिँड्न खोजेको जस्तो लागेन। राम्रो हुन पो हरिबोल चाहियो त, नराम्रो हुन त किन चाहियो र ?’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार