जातिवादीद्वारा ओलीप्रति अभद्र व्यवहारको मसालद्वारा विरोध

काठमाडौँ । नेकपा (मसाल) ले कोशी प्रदेशमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति जातिवादीद्वारा गरिएको अभद्र व्यवहारको विरोध गरेको छ ।

प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० मङ्सिर २९ गते शुक्रबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले विरोध व्यक्त गरेको हो ।

वक्तव्यमा कोशी प्रदेश नामकरणको विषयलाई लिएर जातिवादीले गरेको विरोधले जातीय सद्भाव र सामाजिक एकतामा नकारात्मक असर पुगेको विश्लेषण अगाडि सारिएको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“केही महिनादेखि कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर जातिवादीहरूले विरोध गर्दै विभिन्न गतिविधि गर्दै आएका छन् । उनीहरूको त्यस प्रकारको गतिविधिबाट जातीय सद्भाव र सामाजिक एकतामा पनि नकारात्मक असर पर्दै आएको छ । राजनीतिक सहिष्णुता र सामाजिक सद्भावनालाई चुनौती दिँदै उनीहरूबाट पहिचानको नाममा भइरहेको गतिविधि अराजक र असहिष्णु बन्दै गएको छ । त्यस सिलसिलामा धनकुटामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति उनीहरूद्वारा गरिएको अभद्र र अराजनीतिक व्यवहारप्रति हामीले विरोध प्रकट गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार