जयपुर दक्षिणमा विद्यार्थी संघ गठन

जयपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर दक्षिणमा विद्यार्थी संघको भेला सम्पन्न भएकोछ ।

मूल प्रवाह केन्द्रीय सदस्य बेल बहादुर रजाली, पश्चिमोत्तर क्षेत्रीय उपाध्यक्ष ओम थापा, नगर अध्यक्ष रिम रानाको विशेष उपस्थितिमा गठन भएको विद्यार्थी संघ नगर समिति जयपुर दक्षिणको भेलाले १५ पूर्ण सदस्य तथा ५ वैकल्पिक सदस्य सहित २० सदस्यीय रहेकोछ ।

जसको अध्यक्षमा साक्षी थापा चयन हुनु भएकोछ भने सचिवमा नितिन थापा र कोषाध्यक्षमा सोनिया थापा चयन हुनु भएकोछ । त्यसैगरी सदस्यहरुमा क्रमशः आशु थापा, रचित रजाली, अंशु लोपचन, आईशा मगर, सन्दीप थापा, सुषमा थापा, विश्नु राना, धीरज थापा, दीपक सिंजाली, प्रेम गुरुङ र दुई स्थान रिक्त रहेको छ । त्यसैगरेर वैकल्पिक सदस्यहरुमाः रोशनी थापा, सौम्या थापा, रेशमा थापा र दीपिका परियार रहनु भएकोछ भने १ स्थान रिक्त राखिएको छ ।

नव गठित समितिलाई महिला विभागबाट हुमा रजाली तथा जयपुर उत्तरबाट नारायण पौडेलले शुभकामना दिनु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार