यी महिलालाई कतै देख्नु भयो कि ?

सल्यान जिल्ला, कुमाख नगरपालिका स्वीकोट निवासी मन बहादुर रानाकी २२ वर्षीय श्रीमती चेतना राना ८ डिसेम्बर २०२३ का दिन भारतको हिमाचल राज्य अन्तर्गत शिमलाको धराटा ननखडीबाट लापत्ता भएकी छिन् । उनका श्रीमान मन बहादुरको अनुसार उनी सोलनमा रहेको आफ्नो भिनाजु गनेश बहादुर रोकालाई भेट्न भनि हिडेकी हुन् । फोन सम्पर्क गर्दा बीच बाटोसम्म लागेको तर, पछि श्रीमान मन बहादुरको फोन व्लकलिस्टमा राखिदिएको मनबहादुर बताउँछन् ।

स्थानीय पुलिस रिपोर्ट गर्दा लोकेशन बेंगलोरमा रहेको बताइएको छ । निज महिलालाई भेट्नु हुने जोकुनै महानुभावले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोलनमा ९८१६६१५९९९, ९४१८१३५७८७, ९८१६९५६८५३, पिता मिलन खत्री ७८०७२८६२४० मा जानकारी दिनु हुन विनम्र अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार