सात महिनादेखि बेपत्ता बालिका अस्मितालाई मूल प्रवाहले फेला पार्यो

खिमराज चालिसे

श्रीगंगागनर । प्युठानबाट सात महिना पहिला वेपत्ता भएकी १६ वर्षिय बालिका अस्मिता सुवेदीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई निवेदन दिएको चार दिनमा नै फेलापारिएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले राजस्थानको श्रीगंगानगरबाट १७ डिसेम्बर २०२३ को फेला पारेको हो ।

प्युठान जिल्लाको नौबहिनी गाउँपालीका वार्ड नम्वर ७ बाट २०८० असार २८ गते स्कुल हिडेकी छोरी वेपत्ता भएको हुँदा यहि १४ डिसेम्बर २०२३ को मूल प्रवाहमा वेपत्ता अस्मिता सुवेदीको खोजीको लागी बुबा चन्द्र प्रसाद सुवेदीले निवेदन दिएका थिए । निवेदन पछि युगदर्शन र नेपाली एकता आनलाइनको समाचारले खोजी कार्यलाई सहज बनाएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिले पिडितले दिएको निवेदनको आधारमा नगर अध्यक्ष गिरु प्रसाद न्यौंपानेको नेतृत्वमा हुम बहादुर विक, रेशम भण्डारी, बसन्ता नेपाली, विष्णु न्यौंपाने, जागेश्वर न्यौंपाने, राजेश न्यौंपाने, नारायण न्यौंपाने, गिरी राज लगाएतको टिमले व्यापक खोजीतलासी गर्ने क्रममा राजस्थानको श्रीगंगानगरबाट १७ डिसेम्बर २०२३ को साँझ अस्मिता सुवेदीलाई फेला पारेका हो ।

बालिका अस्मिता सुवेदीलाई फेलापारे पछि मूल प्रवाहले हिजो राती नै अस्मिताका बुबा चन्द्र प्रसाद सुवेदीलाइ हस्तान्तरण गरेको छ । सात महिना पछि मूल प्रवाहको पहलमा फेला पारिएकी छोरी बुझ्ने क्रममा बुबा चन्द्र प्रसाद सुवेदीले मूल प्रवाहलाई धन्यवाद ज्ञापन गरेको नगर अध्यक्ष गिरु प्रसाद न्यौपानेले बताएका छन् ।

यो पनि पढ्नुहोस् : अस्मिताको खोजीमा मूल प्रवाह

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार