अस्मिताको खोजीमा मूल प्रवाह

प्युठान जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ७ बास्कोट निवासी सुवेदी परिवार आफ्नी १६ वर्षीया छोरी अस्मिताको खोजीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसमक्ष पुगेको छ ।

२०८० असार २८ गतेदेखि बेपत्ता नाबालिग छोरी अस्मिताको खोजतलास गर्दै सुवेदी परिवार जिल्ला प्रशासन कार्यालय प्युठानमा दर्ता गराएको उजुरीसहित मूल प्रवाहसमक्ष पुगेको हो ।

बुबा चन्द्रप्रकाश सुवेदीका अनुसार निजकी छोरी अस्मिता स्कुल नपुगी बिच बाटोबाटै बेपत्ता भएकी हुन् । त्यसपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय प्युठानमा खोजतलासका लागि उजुरी दर्ता गराएका थिए ।

सुवेदीले छोरीलाई प्युठान जिल्ला नौबहिनी गाउँपालिका वडा नं. ७ बास्कोट निवासी २६ वर्षीय नारायण पुरीले सोही वडा निवासी महेन्द्र केसी, ऋषि पुरी र मधु पुरीको मिलोमतोबाट छोरीलाई बेपत्ता गराइएको आरोप लगाएका छन् ।

उनले पुरी पक्षले आफ्नी नाबालिग छोरीसँग कथित विवाह गरेर आफन्त र सामाजिक सञ्जालमा फोटा अपलोड गरी समाजलाई गुमराहसमेत गर्ने प्रयास गरिरहेको पनि दाबी गरेका छन् ।

निज किसोरी भेटिएका नेपालमा राष्ट्रिय जनमोर्चाको नजिकको कार्यालय तथा भारतमा मूल प्रवाहको नगर कार्यालय वा चन्द्रप्रसाद सुवेदी फोन ९१–८०१५८८५२६१ मा खबर गरिदिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार