प्रदेश तुरुन्तै खारेज गर्नुपर्छ : चित्र बहादुर केसी

शंकर प्रसाद पोख्रेल,

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संघीय प्रदेश नेपाली जनताहरुको हितमा नरहेको ठकुवा गर्दै तुरुन्तै खारेज गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा रिपोर्टर क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा पत्रकारहरुले सोधेको जबाफ दिंदै अध्यक्ष केसी सो धारणा राख्नुभएको हो ।

केसीले आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै नेपालमा संघीयताको बिरोध गरेको बताउँदै, प्रदेश नेपालमा आवश्यक नरहेको, गणतन्त्र र धर्मनितिपक्षता जोगाउनको लागि पनि प्रदेशहरु खारेज गर्नुपर्ने तर्क प्रस्तुत गर्नुभयो ।

देशमा जात र धर्मको नाममा नेपालीहरुलाई साम्राज्यवादी शक्तिहरुले प्रयोग गरिरहेको बताउँदै, त्यसप्रति नेपाली जनता चनाखो हुनुपर्ने बताउनुभयो । दलहरुले नेपाली जनताका काम नगरेका कारणले नै नेपाली जनतामा राजनीतिक दलहरुप्रति बिश्वास गुमेको बताउँदै– ‘देश बिगर्नुमा दलहरुमात्र होइन, तिनै दलहरुलाई बारम्बार सत्तामा पुराउने जनतापनि उत्तिकै जिम्मेवार छन् ।’ देशमा धेरै खामपंथी भएको कारण तत्काल बामपंथी एकता असंभव रहेको केसीको थप तर्क थियो।

पांच दलिय गठबन्धन संबिधान जोगाउनको लागि गरिएको बताउदैं यो गठबन्धनको सरकारले पनि जनताको काम नगरेको केसीको भनाई थियो । पांच दलिय गठबन्धन टिक्छ त ? भन्ने पत्रकारहरुको प्रश्नमा : ‘राजनीति ईमान्दारीता नभएका कारण जेपनि हुनसक्ने केसीको भनाइ थियो ।

केसीले भारतमा मोदि सरकारले लोकतान्त्रिक ब्यबस्थाको खिल्ली उडाउंदै एकैदिन ९२ जना संसदलाई बर्खास्त गरेकोमा केसीले बिरोध गर्नुभयो ।

कार्यक्रम रिपोर्ट क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको सञ्चालनमा भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष टान बहादुर केसी र प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष स्यामलाल पोख्रेल लगायत अन्य पत्रकारहरुको पनि उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार