रेशम थापाको कोयम्बटोरमा दाहसंस्कार गरियो

कोयम्बटोर । १९ डिसेम्बर २०२३ बेलुका करिब ५ बजे उहाँको दुःखद निधन भएका रेशम थापाको आज २० डिसेम्बर २०२३ (बुधबार) कोयम्बटोरस्थित बोम्मनम्पालयम, कोयम्बतुरको संसानघाटमा दाहसंस्कार गरिएको छ ।

उहाँ गत १९८६ देखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आवद्ध भई संगठनमा कार्यरत हुनुहुन्थ्यो । तात्कालिन एकता समाज कोयम्बतुर संगठन समितिको संस्थापक सदस्य समेत रहेका थापा हाल द.भा.क्षे. समितिको सदस्य र कोयम्बतुर नगर समितिको अध्यक्ष पदमा रहि भुमिका निर्वाह गर्दै आउनुभएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले एक इमान्दार र सक्रिय कार्यकर्तालाई गुमाएको छ ।

उहाँको अन्तिम दाहसंस्कार स्थानमा नै शोकसभा सम्पन्न गरिएको थियो । भिमलाल शर्माको अध्याक्षता, चन्द्रप्रसाद पौडेलको सञ्चालन र २ मिनेट मौनधारण पछि क्षेत्रीय सदस्य बिरे थापा, जगत हमाल, खिमानन्द शर्मा, शेर बहादुर राना, देव बहादुर कुँवर, राम बहादुर शेन लगायतले शोक मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार